निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

इजरायलमा १० नेपालीको मृत्यु (नामावली सहित)

751
SHARES

काठमाडौं : हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको छ। रकेट आक्रमणका क्रममा ‘सिक्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत इजरायल पुगेका १७ जना नेपाली मध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।

आक्रमणमा एक नेपाली सम्पर्क विहीन छन् भने चार नेपाली सुरक्षित स्थानमा छन्। आक्रमणमा परि कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङको जयपृथ्वी ६ का गणेश कुमार नेपालीको मृत्यु भएको छ।

कैलाली भुनियाँ ३ का आशिष् चौधरी, दार्चुलाको लेखम ५ का दीपेश राज विष्ट, धनुषाको सपही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेश कुमार सवारनकारको पनि मृत्यु भएको छ।

आक्रमणमा डोटी पछन्ली ३ का राजन फुलरा, डोटी लमीखाल ८ का पदम थापा, सल्यानको शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन ४ का लोकेन्द्र सीँ धामीको पनि मृत्यु भएको छ।

आक्रमणका क्रममा कञ्चनपुरको भिमदत्त ३ का विपिन जोशी सम्पर्क विहीन रहेका छन्। गोरखाका हिमाञ्चल कट्टेल, कैलालीका धन बहादुर चौधरीको सामान्य अवस्थामा उपचार भइरहेको छ।

सल्यानका विधान सैजुवाल र दाङका प्रवीण डाँगीको देब्रे खुट्टामा चोट लागेको अवस्थामा उपचार भइरहेको छ। आक्रमणमा परि सल्यानको त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी, कैलाली भजनी ४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका परराष्ट्र उच्च स्रोतले बताएको छ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा १७ जना विद्यार्थीहरू रहेकामा २ जना सकुशल अवस्थामा रहेका, ३ जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्था यकिन गर्न नसकिएको बताएका थिए। सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उनले बताए।

प्रतिनिधिसभाको बैठकमा उनले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका बताए।

२६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्
751
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.