निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भेपमा सुन तस्करी : अदालतमा मुद्दा दर्ता हुँदै

भेपमा सुन तस्करी : अदालतमा मुद्दा दर्ता हुँदै

408
SHARES

काठमाडौं : विद्युतीय चुरोट भेपमा सुन तस्करीका प्रतिवादीहरुविरुद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ।

भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र निमा गुरुङलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। निमा फरार छन्।

भेपमा सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको प्रतिवेदनमा महरा प्रतिवादी बनेनन्।

छोरा राहुल महरासहित चार जनामाथि मुद्दा चलाउन सीआइवीले अनुसन्धान प्रतिवेदन बुझायो। गत शुक्रवार सरकारी वकिलको कार्यालयमा सीआइवीले महराको कागजी बयान गराएको र फरार एक जना सहित चार जनालाई प्रतिवादी बनाएर बुझाएको प्रतिवेदन सरकारी वकिलको कार्यालयले फिर्ता पठायो।

भेपमा सुन तस्करी : महरालाई उन्मुक्ति

प्रतिवादी बनाइएकाहरूसँग थप बयान लिन फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन सीआइबीले मङ्गलवार बुझाएको छ। ‘प्रतिवेदन आएको छ, बुधवार मुद्दा दर्ता हुन्छ,’कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले भने,‘थप बयान सहितको अनुसन्धान प्रतिवेदन आएको छ।’

उनका अनुसार बुधवार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरू विरुद्ध मुद्दा दर्ता हुनेछ। अदालतमा प्रतिवादीहरूको बयान हुनेछ। बयान सकिए लगत्तै थुनछेक बहस हुनेछ। अदालतले धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ।

भेप सुन प्रकरणको मुद्दा अदालतमा पुग्दै गर्दा सहन्यायाधिवक्ता नेउपाने भने सरुवा भएका छन्। अब भने नेउपाने महान्यायाधिवक्ता कार्यालय पुग्नेछन्।

समाचार शेयर गर्नुहोस्
408
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.