निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुन तस्करी : ८ करोड ५५ लाख बिगो कायम

सुन तस्करी : ८ करोड ५५ लाख बिगो कायम

377
SHARES

काठमाडौँ : विद्युतीय चुरोट भेपमा सुन तस्करी गर्ने चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको राय सहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ।

उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरिएको छ। सङ्गठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ। अभियोग पत्रमा आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको उल्लेख छ।

भेपमा सुन तस्करी : अदालतमा मुद्दा दर्ता

प्रतिवादीहरूले अन्तर्राष्ट्रिय रूपमा सङ्गठन तथा सञ्जाल विस्तार गरी उक्त सञ्जाल नेपालमा समेत सङ्गठित भएको समूहलाई सहयोग, मद्दत गरी आफूहरूलाई समेत आर्थिक लाभ प्राप्त गर्ने र राज्यलाई हानी नोक्सानी पुऱ्याउने कार्य गरेकोले निजहरूको उक्त कार्य सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१) र (२) मा निषेधित एवं परिभाषित एवं सोही ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिमको कसुर गर्न सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अभियोग पत्रमा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
377
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.