एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त कार्कीलाई गठबन्धनको साथ

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त कार्कीलाई गठबन्धनको साथ

काठमाडौं : नेपाली काँग्रेस कोशी प्रदेशका सदस्य केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

नेकपा एमालेका ३९ जना प्रदेश सदस्य र काँग्रेसका ८ सदस्यको हस्ताक्षर सनाखत गरेर प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त कार्कीले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त कार्कीलाई सत्ता गठबन्धनको पनि समर्थन रहने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको तीन नेताको बैठकले गठबन्धनलाई कमजोर हुन नदिने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले वर्तमान गठबन्धन प्रति दृढ र स्पष्ट रहेको उल्लेख गरेका छन्।

यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने सहमति तीन नेताले गरेका छन्। `आज बिहान बसेको ३ नेताको बैठकले हामी गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने बताउनु भएको छ´ प्रेस सल्लाहकार आचार्यले भने।

बिहीबार काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा काँग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ।

कोशीको मुख्यमन्त्रीले गठबन्धनमा भुईँचालो

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङबाेले पनि ४७ सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आङबाे भने हस्ताक्षर सनाखत गर्न गएनन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.