निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

इजरायलबाट दिल्ली हुँदै आए १८ नेपाली

इजरायलबाट दिल्ली हुँदै आए १८ नेपाली

396
SHARES

काठमाडौं : हमासको आक्रमणपछि इजरायलमा रहेका २७२ जना नेपालीको उद्धार भएको छ। पहिलो चरणमा २५४ नेपालीको उद्धार भएकोमा बुधवार भारतको दिल्ली हुँदै थप १८ जना नेपाली फर्केका छन्।

भारतीय दूतावासको सहयोगमा स्पाईस जेट एयरलाइन्सको जहाजमार्फत दिल्लीमा आइपुगेका १८ जना मध्ये ११ जना हवाई उडानबाट सिधै काठमाडौँ ओर्लेका छन्। दिल्लीबाट नजिक भएकाले ७ जना गृह नगर सुदूरपश्चिम पुगेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन।

उनीहरूको खर्च सरकारले बेहोरेको उनले बताइन। नेपाल आइपुगेका १८ जना मध्ये ४ जना विद्यार्थी, १३ जना कामदार र पर्यटन भिसामार्फत इजरायल पुगेका एक जना रहेको मन्त्रालयले जनाएको छ।

इजरायलबाट २५४ नेपाली फिर्ता

हमासको आक्रमणका क्रममा बेपत्ता रहेका विपिन जोशीको अवस्था भने अज्ञात नै रहेको प्रवक्ता लम्सालले बताइन। ‘खोजी भइरहेको छ,’उनले भनिन्,‘तर फेला परेका छैनन्।’ इजरायलमा मारिएका १० नेपाली मध्ये पाँच जनाको शव सकेसम्म बिहीबार नै नेपाल ल्याउने मन्त्रालयले जनाएको छ।

इजरायल सरकारले गर्नुपर्ने सरकारी प्रक्रिया सकिए सम्भवतः बिहीबार नै पाँच नेपालीको शव आइपुग्ने मन्त्रालयले बताएको छ। ‘भोलि (बिहीबार) नै पाँच नेपालीको शव नेपाल आइपुग्ने छ,’मन्त्रालयले भन्यो,‘केही कारणले भोलि आउन नसके पनि एक/दुई दिनमा नेपाल ल्याएर परिवारलाई बुझाइनेछ।’

समाचार शेयर गर्नुहोस्
396
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.