भूकम्पले १३३ जनाको मृत्यु, भत्किएका अधिकांश घर कच्ची

भूकम्पले १३३ जनाको मृत्यु, भत्किएका अधिकांश घर कच्ची

काठमाडौं : मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १३३ जनाको मृत्यु भएको छ। ६.४ म्यानिच्युडको भूकम्पले जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो।

नलगाढ नगरपालिकामा ४७, भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले दिए।

स्रोत : प्रधानमन्त्रीको निजी सचिवालय

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १९ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए।

नेपाली सेनाका १६ जना मेडिकल टिम सहित जाजरकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चढेको हेलिकप्टरमा घाइतेको उद्धार गरिएको छ। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः ४७, १२ः०८, १२ः२९, १२ः३५ गरी ४ पटक ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

अधिकांश ढलेका घरहरू कच्ची रहेका छन्। भूकम्पले पहिरो जाँदा केही सडकहरू बन्द भएका छन्। खोज, उद्धार तथा उपचार व्यवस्थाका लागि हेलिकप्टरमा मेडिकल टिम परिचालन भएको छ।

भूकम्पबाट घाइते भएकाको उद्धारको लागि नेपाल एयरलाइन्सको 9N-ABT call sign को 19 seater Twin Otter जहाज मेडिकल टिम सहित रुकुमको चौरजहारी गएको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.