निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काभ्रेको फूलबारी पुगे ज्ञानेन्द्र, बसे रिसोर्टमा

काभ्रेको फूलबारी पुगे ज्ञानेन्द्र, बसे रिसोर्टमा

2k
SHARES

काभ्रे : पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित काभ्रेको पात्लेखेतमा बास बस्न पुगेका छन्। काभ्रे धुलिखेल नगरपालिका ११ को पात्लेखेत स्थित दूषित थानी हिमालयन रिसोर्टमा ज्ञानेन्द्र परिवार सहित पुगेका हुन्।

नमोबुद्ध नगरपालिकाको वडा नं १ को सीमामा रहेको फूलबारी नजिकैको रिसोर्टमा पूर्वराजा ज्ञानेन्द्र परिवार सहित वास बस्न पुगेका हुन्। व्यवस्थापनले पूर्वराजा शाह तीन दिन रिसोर्टमा बस्ने जानकारी दिएको छ। रिसोर्ट सञ्चालनमा आएको भरखरै ६ महिना मात्रै भएको छ।

नमोबुद्ध मन्दिर नजिकै पुगेका ज्ञानेन्द्रसहितको परिवारले हिमालहरूको दृष्यवलोकन गर्नेछन्। तीन दिने बसाइको तालिका भने सार्वजनिक भएको छैन।

पूर्वराजा शाहले शनिवार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडित भएकाहरूको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनर्निर्माणका काममा लोककल्याण भाव राखेर सबै कार्यव्यवस्था तदारुक रूपमा हुनु पर्ने विज्ञप्ति निकालेका थिए। ‘तर, त्यसो हुन नसकेको जनगुनासो पनि हामीले सुनेका छौ,’पूर्वराजा ज्ञानेन्द्रले भने,‘राज्य व्यवस्थाले त्यसतर्फ उचित ध्यान दिनु पर्दछ भन्ने हाम्रो आग्रह छ।’

पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय विभिन्न ठाउँको घुमघाममा निस्किरहेका छन्। घुमघामका माध्यमबाट जनगुनासो सङ्कलन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित काभ्रेको फूलबारी नजिकै पात्लेखेत पुगेका छन्।

ज्ञानेन्द्र बसेको रिसोर्टका केही तस्बिरहरु :

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.