निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मुगु हत्यामा नातेदार नै संलग्न, मामाका छोरा र सानोबुबा पक्राउ

मुगु हत्यामा नातेदार नै संलग्न, मामाका छोरा र सानोबुबा पक्राउ

463
SHARES

मुगु : मुगुको सामूहिक हत्यामा नातेदार नै संलग्न भएको पुष्टि भएको छ। वैदेशिक रोजगार, सुन गरगहना र पैसाका लागि आफ्नै मामाका छोरा र सानीआमाका श्रीमान् (सानोबुबा)ले नै सामूहिक हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न छाँयानाथ नगरपालिका ७ का ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र छाँयानाथ ६ मन्दुका ३१ वर्षकै गोपाल बहादुर बोहरालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। बोहोरा मृतक श्रीदेवीका मामाका छोरा हुन् भने शाही सानीआमाका श्रीमान् रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

बोहोराले कतारमा राम्रो कमाई गरिरहेका मृतक श्रीदेवीका श्रीमानलाई आफूलाई पनि लैजान प्रस्ताव राखेको तर मृतका श्रीमानले नमानेपछि आपसी मनमुटाब हुँदा प्रतिशोध साँध्न हत्यासम्म पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रकाश सिं कार्कीले जानकारी दिए।

प्रहरी निरीक्षक कार्कीका अनुसार बोहरा र शाही व्यापारिक साझेदार समेत हुन्। व्यापारमा घाटा लागेपछि बोहोराले शाहीलाई प्रलोभनमा पारेर हत्यामा संलग्न गराएको खुल्न आएको छ।

गत जेठमा नै श्रीदेवीलाई मार्ने योजना बनाए पनि उनको पेटमा बच्चा रहेकाले त्यसबेला श्रीदेवीको हत्या नगरी गोपाल फर्किएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ। गत कात्तिक ८ गते राति मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको धारिलो हतियार प्रहार हत्या भएको थियो।

मुगुमा सामूहिक हत्या : शङ्कास्पद व्यक्ति निगरानीमा

समाचार शेयर गर्नुहोस्
463
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.