निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विपिनको बारेमा सूचना नआउँदा थप समस्या

विपिनको बारेमा सूचना नआउँदा थप समस्या

396
SHARES

काठमाडौं : अस्थायी युद्ध बिराम लगत्तै हमास र इजरायलले आ–आफ्नो समूहको कब्जामा रहेका नागरिकलाई रिहाइ गर्न थालेको छ।

चार दिने अस्थायी युद्ध बिरामका क्रममा हमासले आफ्नो नियन्त्रणमा रहेका ५० जना बन्धक रिहा गर्ने जनाएको छ। युद्ध बिराम भएको भोलीपल्ट शनिवार हमासले १३ इजरेली, १० जना थाई र एक जना फिलिपिनो गरी २४ बन्धकलाई रिहा गरेको छ।

हमासको नियन्त्रणमा रहेका विदेशीहरू रिहाइ भइरहँदा नेपालका विपिन जोशीको भने अहिले सम्म कुनै पनि खबर आउन सकेको छैन।

नेपाल सरकारले युद्ध बिरामका लागि सहमत गराएकोमा कतार, अमेरिका र इजिप्टको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीमार्फत आग्रह गरिसकेको छ।

तर जोशीको बारेमा सूचना आउन नसक्दा थप समस्या भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन।

इजरायल र हमासबीच प्रत्येक इजरायली बन्धकको बदलामा तीन प्यालेस्टिनी बन्दीलाई इजरायली जेलबाट रिहा गर्ने सम्झौता भएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा २१३ जनालाई बन्धक बनाएको हुन सक्ने बताएको छ।

हमासले २४ बन्दी रिहा गरे लगत्तै इजरायली जेलमा रहेका ३९ जना प्यालेस्टाइनी शनिवार साँझ रिहा भएका छन्।

समाचार शेयर गर्नुहोस्
396
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.