निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

माया र सुरेन्द्रको विवाह सेलिब्रेसन (तस्बिर)

माया र सुरेन्द्रको विवाह सेलिब्रेसन (तस्बिर)

730
SHARES

काठमाडौं : नेपालमा कानुनी रूपमा पहिलो ‘इन्द्रेणी विवाह’ दर्ता गर्न सफल जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई शुभकामना दिने क्रम चलिरहेको छ।

स्वदेशी तथा कूटनैतिक नियोगका प्रमुखहरू, कानुनविदहरु र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले विश्व मानव अधिकार दिवसको अवसरमा काठमाडौँको याक एन्ड यति होटेलमा माया र सुरेन्द्रलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए।

१३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया र सुरेन्द्रले कानुनी रूपमा औपचारिक रूपमा विवाह दर्ताको प्रमाणपत्र पाएका हुन्।

त्यही खुसीयालीमा सुनिलबाबु पन्त विरुद्ध नेपाल सरकार रहेको रिटमा ६ पुस २०६४ मा निर्देशनात्मक आदेश दिने पूर्वन्यायाधीश बलराम केसी, हालका न्यायाधीश हरि फुयाँल, नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा प्रतिनिधि, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले माया र सुरेन्द्रलाई बधाई तथा शुभकामना दिए।

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

विवाह दर्ताका लागि सहजिकरण गरिदिएकोमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पन्तले धन्यवाद दिए। सर्वोच्च अदालतले १२ असारमा दिएको अन्तरिम आदेश अनुसार दोर्दी गाउँपालिकाले विभागसँग समन्वय गरेर विवाह दर्ताको प्रमाणपत्र दिएको हो।

नेपाल इन्द्रेणी विवाह दर्ता गर्ने दक्षिण एसियामा पहिलो देश बनेको खुसीमा पन्तले स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गर्दै माया र सुरेन्द्रको वैवाहिक उत्सव कार्यक्रम आयोजना गरिदिएका हुन्।

जबरजस्ती विवाह रोकिनु पर्ने अभियानमा माया र सुरेन्द्रको सङ्घर्ष इतिहासको पानामा लेखिने पन्तले बताए। अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीलाई विवाह दर्ताका लागि बाटो समेत खुलेको उनले बताए।

तस्बिरहरू


समाचार शेयर गर्नुहोस्
730
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.