निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महासचिव नियुक्तिको सिफारिसमा राष्ट्रपतिले औँल्याए त्रुटि, संसद् बेखवर

महासचिव नियुक्तिको सिफारिसमा राष्ट्रपतिले औँल्याए त्रुटि, संसद् बेखवर

364
SHARES

काठमाडौं : राष्ट्रपति कार्यालयले सङ्घीय संसद्को नयाँ महासचिव नियुक्तिको सिफारिस कानुनी रूपमा त्रुटिपूर्ण देखिएको जनाएको छ।

महासचिव नियुक्तिको सिफारिस रित नपुगेको र कानुनी रूपमा त्रुटिपूर्ण देखिएकोले अध्ययनका लागि होल्डमा राखिएको कार्यालयले जनाएको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नहुँदै नयाँ महासचिवमा सचिव पदमा बहाल रहेका पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेकाले नियुक्ति होल्डमा राखिएको राष्ट्रपति कार्यालयले बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले महासचिव नियुक्तिको सिफारिस अध्ययनकै क्रममा रहेको जानकारी दिए। ‘रित पुगेको देखिएन, कानुनी रूपमा पनि त्रुटिपूर्ण छ,’उनले पहिचानसँग भने,‘अहिले अध्ययनकै क्रममा छ।’

महासचिव पदबाट गौतमले दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले नयाँ महासचिवको सिफारिस पेण्डिङमा राखेको हो।

कानुनी रूपमा सिफारिस त्रुटिपूर्ण रहेको आमसञ्चारका माध्यमबाट थाहा पाए पनि सङ्घीय संसद् सचिवालयमा भने राष्ट्रपति कार्यालयबाट कुनै सूचना नआएको प्रवक्ता एकराम गिरीले जानकारी दिए।

राष्ट्रपति कार्यालयबाट कुनै सूचना नआएकाले नयाँ महासचिव नियुक्तिको सिफारिस फेरी गर्नेबारे कुनै छलफल नभएको उनले बताए।

संसद्को नयाँ महासचिव नियुक्तिको सिफारिसलाई लिएर यति वेला राष्ट्रपति कार्यालय र संसद्का सभामुख, अध्यक्षबीच टक्कर चलेको छ। उनले नयाँ महासचिव नियुक्तिको सिफारिस संविधान अनुसार सभामुख र अध्यक्षबाट भएकाले थप जानकारी आफूसँग नरहेको बताए।

समाचार शेयर गर्नुहोस्
364
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.