निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालेनको आरोपमा ‘झनक्क’ प्रचण्ड

बालेनको आरोपमा ‘झनक्क’ प्रचण्ड

422
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सार्वजनिक कार्यक्रममै रिसाएका छन्। काठमाडौँको खोला अतिक्रमण हटाउन र फोहोर व्यवस्थापनमा सहयोग नगरेको बालेनको आरोपमा प्रधानमन्त्री प्रचण्ड झनक्क रिसाए।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेनले राजनीतिक दलका नेतृत्वलाई चक्मा दिने गरी विकास निर्माणका काम सुरु गरेका छन्। बालेनले स्थानीयको प्रशंसा पाइरहेका छन्।

सिंहदरबारलाई चुनौती दिँदै आएका बालेनले सोमबार ललितपुर महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नचाहँदा काठमाडौँको खोला अतिक्रमण हटाउन र फोहोर व्यवस्थापनमा समस्या परेको बताए।

सङ्घ र प्रदेश सरकारको काम स्थानीय सरकारले गर्न खोज्दा खुसी हुनुपर्नेमा अधिकार खोस्न तिर लागेको बालेनले गुनासो समेत गरे। काठमाडौं महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै बालेनले असन्तुष्टि समेत जनाए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले गरेका काममा जस दिन बालेन डराएको बताए। बालेन बोलेर हिँडेपछि प्रचण्डले आफ्नो जवाफ नसुनेको भन्दै आक्रोश समेत पोखे।

प्रधानमन्त्री प्रचण्डले आफूले जति राम्रो काम अरू कसैले नगरेको दाबी सुनाइरहेका छन्। गठबन्धनका कारण चाहेको जस्तो काम गर्न नपाएको प्रधानमन्त्री प्रचण्डको पनि गुनासो छ। के गर्न सकियो? के सकिएन? भनेर काँग्रेसले प्रधानमन्त्री प्रचण्डसँग एक वर्षको रिपोर्ट कार्ड नै माग गरेको छ।

नेता डा. शेखर कोइरालाले काँग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा प्रधानमन्त्रीसँग एक वर्षे अवधिमा गरेको कामको रिपोर्ट कार्ड नै माग गरेका हुन्। अहिले देखिएको निराशाको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने कोइरालाको भनाइ छ।

समाचार शेयर गर्नुहोस्
422
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.