निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविले आफूमाथि प्रहार भएको ‘खोया’ सजाएर राख्ने

रविले आफूमाथि प्रहार भएको ‘खोया’ सजाएर राख्ने

431
SHARES

कास्की : जनताको मन जितुँला भनेर भाषण गरिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ।

पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेकै बेला खोया प्रहार भएको हो। प्रहरीले खोया प्रहार गर्ने सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको जनाएको छ।

लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोया प्रहार भएको थियो। लमजुङ घर भएका रानाभाट पोखरामा ट्याक्सी चलाउँदै आएका थिए।

पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख, एसपी मोहनबहादुर थापाले जानकारी दिए।

सभापति लामिछानेले आफूले बोलेका कुरा पुरा नगरेसम्म आफूमाथि प्रहार भएको मकैको खोयालाई घरमा सजाएर राख्ने घोषणा गरेका छन्। नयाँ र पुराना राजनीतिक दलका नेताहरूमाथि जनताको आक्रोश छ। जनआक्रोशमा पर्ने लामिछाने पहिलो नेता भने होइनन्।

– २०५१ सालमा संसद्मै जुत्ता प्रहार गरेका गोल्छे सार्की

– २०६५ जेठ १५ गते सुर्खेतमा चप्पल प्रहार गरेकी कमला शर्मा

– २०६७ माघ ७ मा सुनसरीमा हातपात गर्ने देवीप्रसाद रेग्मी

– २०६९ असोज १३ गते काठमाडौँको कपनमा कुर्सी प्रहार गर्ने प्रवेश बस्नेत

– २०६९ साल मङ्सिर १ गते भृकुटीमण्डपमा झापड हान्ने पदम कुँवर

– २०७६ फागुन १८ गते राष्ट्रियसभा गृहमा जुत्ता प्रहार गर्ने रतन तिरुवा

– २०८० मङ्सिर २८ गते धनकुटाको लेगुवामा हातपात गर्ने महेश राई

– २०८० पुस ७ गते पोखराको अमरसिंहचौरमा खोया प्रहार गर्ने सन्तोष रानाभाट

आफूमाथि प्रहार भएको खोया देखाउँदै सभापति लामिछानेले जतिसुकै प्रहार भए पनि छाती चौडा पारेर हिँड्ने बताए। जनतालाई यस्ता प्रहारबाट नआत्तिन र साथ नछोड्न लामिछानेले अपिल पनि गरेका छन्।

सम्बोधनका क्रममा रास्वपा सभापति लामिछानेले पाँच महिनाको अवधिमा एक धक्का दिएको र अबको चार वर्षमा अर्को एक धक्का दिन भनेका छन्।

अबको चार वर्षमा रास्वपाको औचित्य सकाउन पुराना राजनीतिक दलहरूलाई चुनौती दिँदै सभापति लामिछानेले दलमा ताल्चा लगाइदिन आग्रह गरेका छन्।

समाचार शेयर गर्नुहोस्
431
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.