रिहा भए रिजाल, मानवअधिकारवादीको टोलीले गर्‍यो स्वागत

रिहा भए रिजाल, मानवअधिकारवादीको टोलीले गर्‍यो स्वागत

722
SHARES

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन्। सात महिना हिरासतमा बसेका रिजाल आज (बुधवार) रिहा भएका हुन्।

उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागार कार्यालय जगननान्थदेबल सुन्धाराले धरौटी बुझाए पछि रिजाललाई रिहा गरिदिएको हो। अदालतले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका रिजाल बुधवार मात्रै रिहा भए। रिजालले रिहा हुनु अघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिए।

रिजाल अब पुस २० गते काठमाडौं जिल्ला अदालत उपस्थित हुनुपर्नेछ। सम्पत्ति शुद्धीकरणले माघ १५ गते हाजिर हुन भनेको छ। रिजालले विभागमा थप धरौटी बुझाउनु परेको छ। अख्तियारमा भने रिजालको बयान मात्रै भएको छ।

https://www.facebook.com/pahichan.news/videos/7418572744843781

रिजाललाई स्वागत गर्न मानवअधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो।

रिजालको रिहाइका लागि परिवारले धरौटी रकम जुटाएको हो। क्यानडामा रहेका छोरा विक्रमले बुबाको रिहाइका लागि नेपालमा रकम पठाएका थिए। ‘धरौटी जम्मा परिवारले नै गर्‍यो। माध्यम मात्रै बनेको हुँ,’अमेरिका बस्ने भुटानी शरणार्थी विश्वनाथ क्षेत्रीले भने,‘नेपाल आउँदा रिजालको रिहाइका लागि संयोजन गर्ने मौका मात्रै पाएको हुँ।’ आर्थिक सहयोग भने उनले गरेका होइनन्। ‘मेरो संयोजन मात्रै हो,’क्षेत्रीले भने,‘रकम जुटाउने सबै काम परिवारले नै गरेको हो।’

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानको नेतृत्व लिँदा  पक्राउ परेका हुन रिजाल। बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले दिएको सुझावमा थप व्यक्तिको नाम समावेश भए पछि सुरु भएको हो प्रकरण।

जेलमा परे पछि सबै भन्दा धेरै चिन्तित थियो परिवार। ३ छोरा थिएनन् साथमा। श्रीमती कौशिला र टेकनाथ मात्रै थिए नेपालमा। टेकनाथ जेल परेपछि परिवारले दाल चामल किन्ने पैसा पाएन। भएको एउटा गाडी समेत बिक्री गरे।

टेकनाथले बुझाए धरौटी, पुस ११ मा मात्रै रिहा हुने

समाचार शेयर गर्नुहोस्
722
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.