निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ॐ हस्पिटल पुगे मेदान्तका अध्यक्ष त्रेहान

ॐ हस्पिटल पुगे मेदान्तका अध्यक्ष त्रेहान

601
SHARES

काठमाडौं : प्रसिद्ध कार्डियोभास्कुलर र कार्डियोथोरासिक सर्जन, पद्मभूषण प्रा.डा.नरेश त्रेहान काठमाडौँको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर पुगेका छन्।

भारतको मेदान्त अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका डा. त्रेहानले ॐ हस्पिटल पुगेर नेपालको स्वास्थ्य सेवाको वर्तमान अवस्थाबारे जानकारी लिएका हस्पिटलले जनाएको छ।

उनले नेपालमा मुटु उपचार र मुटु शल्य चिकित्सा सेवाको स्तरोन्नतिका लागि हर सम्भव सहकार्यका लागि आफू तयार रहेको प्रतिबद्धता समेत जनाएका ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले जनाएको छ।

डा. त्रेहानलाई ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, अस्पतालका शेयरधनी तथा पूर्व सञ्चालक हरि प्रसाद पाठक, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, वरिष्ठ चिकित्सकहरू प्रा.डा. जागेश्वर गौतम, प्रा.डा. सुनिल कुमार शर्मा ढकाल, डा. चन्द्रमणी पौडेल, डा. कमल लम्साल, डा.रोशन गोंगल तथा अस्पताल उच्च व्यवस्थापनका सदस्यहरूले हस्पिटलले दिँदै आएको सेवाबारे जानकारी गराएका थिए।

पचास हजार भन्दा बढी ओपन हार्ट सर्जरी गरिसकेका डा. त्रेहान इन्टरनेशनल सोसाइटी फर मिनिमली इन्भेसिभ कार्डियाक सर्जरीका अध्यक्ष समेत रहेका छन्। भारतको हरियाणा राज्यमा पर्ने गुडगाँउ सहरमा अवस्थित मेदान्त द मेडिसिटी अस्पतालमा उपचार गराउन नेपाली बिरामीहरू पुग्ने गरेका छन्।

समाचार शेयर गर्नुहोस्
601
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.