निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समानताका लागि सँगै हिँड्न मायाको पहिचानले गर्‍यो आव्हान

समानताका लागि सँगै हिँड्न मायाको पहिचानले गर्‍यो आव्हान

586
SHARES

काठमाडौं : मायाको पहिचान नेपालले लैङ्गिक पहिचान, लैङ्गिक अभिमुखीकरण, जात, धर्म, लिङ्ग, भेसभुसा अनि परिवेशको आधारमा कसैले पनि कसैलाई भेदभाव गर्न नहुने बताएको छ।

समाज परिवर्तन गर्न एउटा मात्रै आधार, एउटा मात्रै आधारशिला, एउटा मात्रै भनाइ, एउटा मात्रै विचारले असम्भव रहेको भन्दै मायाको पहिचान नेपालले समानताका लागि सबैलाई सँगै हिँड्न आव्हान गरेको छ।

समाज परिवर्तनका लागि समाजमा भएका विविधताहरूलाई समान रूपमा सहभागिता गराउन जरुरी रहेको मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले बताइन।

लैङ्गिक समानताका लागि शनिवार हल्ट प्राइज पद्मकन्या मल्टिपल क्याम्पसले आयोजना गरेको वाकथनमा सक्रिय सहभागिता जनाउँदै अध्यक्ष गुरुङ्गले समानताको लागि सहकार्य गरेर समाजमा समानताको वृक्षारोपण गर्दै जाने बताइन।

अध्यक्ष गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह दर्ता गर्ने जोडी बनेको छ। १३ मङ्सिरमा माया र सुरेन्द्र एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तको पहलमा लमजुङको दोर्दी गाउँपालिकामा कानुनी रूपमा इन्द्रेणी विवाह दर्ता गराउन सफल भए।

वाकथनमा सहभागी मायाको पहिचान नेपाललाई आयोजक हल्ट प्राइज पद्मकन्या मल्टिपल क्याम्पसले लैङ्गिक समानतामा सकारात्मक प्रभाव पार्ने संस्थाको प्रतिबद्धता प्रति आभार व्यक्त गरेको छ।

‘लैङ्गिक समानता प्रवर्द्धन गर्ने तपाईँको समर्पण हाम्रो मिसनसँग पूर्ण रूपमा मिल्छ, र तपाईँको टोलीले कार्यक्रममा ल्याएको ऊर्जा र रचनात्मकताको लागि हामी साँच्चै आभारी छौँ’ इभेन्ट लिडर अनुराधा सङ्ग्रौलाले भनिन्,‘हामी विश्वास गर्छौँ कि त्यस्ता सहकार्यहरूले थप समावेशी र समान भविष्यको लागि मार्ग प्रशस्त गर्दछ।’

वाकथनमा सहभागी मायाको पहिचान नेपालका सचिव पाण्डेले ‘यो अभियान सबै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मात्रै नभएर यो एउटा सामाजिक अभियान हो’ भनेका छन्।

कार्यक्रम गर्नको लागि सहयोग गर्नुहुने सङ्घ संस्था व्यक्तिहरूमा मायाको पहिचान नेपालले सहकार्य संस्थाहरूमा र सहभागी व्यक्तिहरूमा धन्यवाद दिएको छ। वाकथनमा सक्रिय सहभागी मायाको पहिचान नेपाललाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

समाचार शेयर गर्नुहोस्
586
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.