निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पनौतीको वृद्धाश्रमका लागि काठमाडौँमा महायज्ञ

पनौतीको वृद्धाश्रमका लागि काठमाडौँमा महायज्ञ

388
SHARES

काठमाडौं : माघ २० गतेदेखि २६ गतेसम्म काभ्रेको पनौतीमा रहेको माइती वृद्धाश्रमका लागि काठमाडौँको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ।

वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले जानकारी दिए।

आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा हुन लागेको महायज्ञमा भारतको हरिद्वारबाट आउने स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

काभ्रेको ऐतिहासिक नगरी एवं रोशी र रुद्रावती नदीको संगमस्थल हरेक १२ वर्षमा मकर मेला हुने पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्धवृद्धा र ६ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन्।

वृद्धवृद्धाको बढ्दो सङ्ख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिका लगायतको अपुग भएपछि अर्को वृद्ध र अपाङ्गमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले जानकारी दिए।

महायज्ञ मूल समारोह समितिका सह–संयोजक एवं आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेलले पनौतीमा वृद्धाश्रमको अवलोकन गरेर त्यहाँ पूर्वाधार लगायतका अन्य सहयोग आवश्यक देखिएकोले महायज्ञ गर्न अग्रसर भएको बताए।

महायज्ञ समारोहका सदस्य–सचिव गोविन्द गौतमले वृद्धवृद्धाको सेवाको पुण्य कामका लागि काठमाडौँको शान्ति नगरमा महायज्ञको आयोजना गरिने लागेको र यसले मानवीय सेवामा ठुलो धर्म प्राप्ति हुने बताए।

महायज्ञका लागि आमा अभियान नेपालका महिला पनि सक्रिय भएका छन्। आमा अभियान नेपालका अध्यक्ष सरस्वती दाहालले महायज्ञ सफल पार्नका लागि स्थानीय महिला सक्रिय भएको र महायज्ञले धेरै वृद्धवृद्धाको सुखी जीवनका लागि सहयोग गर्ने बताइन।

शान्तिनगरस्थित सिद्धेश्वर माविसँगको खाली जग्गामा आयोजना गरिने महायज्ञबाट सङ्कलित रकम थप वृद्धाश्रम निर्माणका लागि हाल आश्रित रहेका वृद्धवृद्धाको पालन पोषणका लागि खर्च गरिने भएकोले मूल समारोह समितिले सम्पूर्णमा महायज्ञमा सहभागी भई सहायता गर्न आह्वान गरेको छ।

समाचार शेयर गर्नुहोस्
388
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.