निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

के हो ‘कताहो’ प्रविधि?

के हो ‘कताहो’ प्रविधि?

417
SHARES

काठमाडौं : नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिजिटल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ।

पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिने दाबी गरिएको छ।

काठमाडौँमा सुरु भएको क्यान इन्फोटेक २०२४ मा औपचारिक उद्घाटन गरिएको ‘कताहो’ देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अङ्क मिलाएर नाम दिइएको प्रणाली रहेको अनुसन्धानकर्ता रामप्रसाद रिमालले बताए।

‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिने भनिएको छ। दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु कताहो को लक्ष्य रहेको रिमालले बताए।

‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्ने रिमालले बताए। पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ।

ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्द र अङ्क मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको रिमालले बताए। यसमा जम्मा ४०० नेपाली शब्द प्रयोग भएका छन्।

अनुसन्धानकर्ता रामप्रसाद रिमालसँगको कुराकानी

समाचार शेयर गर्नुहोस्
417
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.