निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आयोगका १२ उत्कृष्ट कर्मचारीलाई पुरस्कार

आयोगका १२ उत्कृष्ट कर्मचारीलाई पुरस्कार

286
SHARES

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरी योगदान पुऱ्याउने १२ कर्मचारीलाई पुरस्कारसहित सम्मान गरेको छ।

आयोग र अन्तर्गत कार्यालयका १२ जना कर्मचारीहरूलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ सहित सम्मानपत्रबाट सम्मानित गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली, शाखा अधिकृतहरू मधुकरप्रसाद पोखरेल, अच्युत दाहाल र जयकला राई र हलुका सवारी चालक टेकबहादुर प्रधानले उत्कृष्ट कर्मचारी पुरस्कार पाएको आयोगले जनाएको छ।

आयोगका अनुसार जिल्ला निर्वाचन कार्यालय, रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दास, जिल्ला निर्वाचन कार्यालय, जुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी अविनन्द चौलागाई, जिल्ला निर्वाचन कार्यालय, सङ्खुवासभाका लेखापाल आङतेन्जी शेर्पा, जिल्ला निर्वाचन कार्यालय, ललितपुरका कम्प्युटर अपरेटर भोजकुमारी सोमै, जिल्ला निर्वाचन कार्यालय, पर्वतका कम्प्युटर अपरेटर ज्ञानेन्द्रप्रसाद शर्मा, जिल्ला निर्वाचन कार्यालय, बाँकेका कम्प्युटर अपरेटर युवराज पन्त र जिल्ला निर्वाचन कार्यालय, डोटीका कार्यालय सहयोगी कृष्णकुमार जोशीलाई उत्कृष्ट कर्मचारी पुरस्कारसहित सम्मान गरिएको छ।

निर्वाचन आयोगले २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ।

यस वर्षको आठौँ निर्वाचन दिवसका अवसरमा १२ कर्मचारीलाई पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको आयोगले जानकारी दिएको हो।

कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले यस्ता सम्मान, प्रशंसा र पुरस्कारले कर्मचारीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भई कार्यसम्पादन स्तर थप वृद्धि हुने विश्वास व्यक्त गरिन।

समाचार शेयर गर्नुहोस्
286
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.