निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काँग्रेस महाधिवेशन एक वर्ष सर्ने, भावी सभापतिमा शशाङ्कको तयारी

काँग्रेस महाधिवेशन एक वर्ष सर्ने, भावी सभापतिमा शशाङ्कको तयारी

124
SHARES

काठमाडौं : नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समय २०८२ मा नहुने देखिएको छ। विधानमा रहेको व्यवस्थामा टेकेर सभापति शेर बहादुर देउवा २०८२ मा पार्टीको १५ औँ महाधिवेशन नगर्ने तयारीमा लागेका छन्।

उनले हाललाई महाधिवेशन एक वर्ष पछि सार्ने सङ्केत दिएका छन्। आगामी २०८२ सालमा महाधिवेशन गर्नुपर्ने भए पनि पार्टी भित्र आफ्नो पक्षमा मत खस्कँदै गए पछि देउवाले ८४ सम्म शक्तिमा रहनकै लागि महाधिवेशनको समय एक वर्ष थप्ने तयारी गरेका हुन्।

ललितपुरमा चार दिन सम्म चलेको महासमिति बैठकमा देउवा निकट नेता बिमलेन्द्र निधिले महाधिवेशन सर्ने स्पष्ट सङ्केत दिएका छन्। उनले महाधिवेशन एक वर्ष धकेलिने भन्दै मन लागे पनि नलागे पनि तयार हुनुपर्ने बताए।

आगामी महाधिवेशनबाट पार्टी सभापति बन्ने तयारीमा लागेका अरू नेताहरूलाई डा. शशाङ्क कोइरालाले पछि पार्दै लगेका छन्। महासमिति बैठकमा शशाङ्कको पक्षमा हुटिङ नै भएको छ। चुनाव अघि नै गठबन्धन गर्न नहुने र धार्मिक स्वतन्त्रताको पक्षमा अभिव्यक्ति दिएर कोइरालाले सभापतिको स्पेस बढाउँदै लगेका छन्।

सभापति बन्ने मुख नखोले पनि महासमिति बैठकमा देखिएको हुटिङले कोइरालाको मनोबल उच्च बनेको उनी निकट नेताहरूले बताएका छन्। भावी सभापतिको रूपमा उदाउँदै गरेका पूर्बमहामन्त्री कोइरालाले हिन्दु राष्ट्र स्थापनाको पक्षमा खुलेरै सशक्त मत राखेका छन्।

काँग्रेस महासमिति बैठकमा सङ्कलन गरेर बुझाइएको हस्ताक्षरमा पनि ‘धर्म निरपेक्षता’ विरोधी मत थप सशक्त बन्दै गएको छ। हिन्दु राष्ट्रको पक्षमा स्वयम् कोइरालाले हस्ताक्षर गरे पनि महासमिति बैठकमा औपचारिक रूपमा बहसको विषय भने बन्न सकेन। तर, महासमिति बैठक मार्फत कोइरालाले पार्टीको नेतृत्व लिने स्पष्ट सङ्केत भने दिएका छन्।

कोइरालाले महासमिति सदस्यको सम्मानमा शनिवार काठमाडौँमा चियापान तथा भेटघाट कार्यक्रम गरेर सभापति देउवाले पार्टीभित्र सबैलाई मिलाउन नसकेको भनेका छन्। उनले काँग्रेस एक ढिक्का भएमा कसैले पराजित गर्न नसक्ने सुनाए।

काँग्रेसमा हिन्दु राष्ट्रको मत बलियो बन्दै गएको छ। तर, काँग्रेसले हिन्दु राष्ट्रको मुद्दा बोक्ने आँट गरेको छैन भने नकार्न पनि सकेको छैन। नेपालमा काँग्रेसले हिन्दु राष्ट्रको मुद्दालाई जोडतोडका साथ उठाउँदा भारतीय सञ्चारमाध्यमहरुले भने भारतीय सत्ताधारी दल भाजपाको दबाबमा हिन्दु राष्ट्रको एजेन्डा बोकेको आरोप लगाएका छन्।

गुम्दो जनमत जोगाउन र भारतीय सत्ताधारी दल भाजपाको बढ्दो प्रभावका कारण काँग्रेसमा हिन्दु राष्ट्रको पक्षमा मत बलियो हुँदै गएको दाबी गरिएको छ।

गठबन्धनको रस्साकस्सीले सकियो काँग्रेस महासमिति

समाचार शेयर गर्नुहोस्
124
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.