निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘मिस्टर गे नेपाल’का लागि निःशुल्क आवेदन खुल्ला

‘मिस्टर गे नेपाल’का लागि निःशुल्क आवेदन खुल्ला

106
SHARES

काठमाडौं : ‘मिस्टर गे नेपाल २०२४’ हुने भएको छ। पहिलो मिस्टर गे नेपाल आयोजना भएको १० वर्ष पछि आउँदो अप्रिल २० तारिखमा ‘मिस्टर गे नेपाल २०२४’ हुने भएको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले स्थापनाको पहिलो वर्षमै ‘मिस्टर गे नेपाल २०२४’ का लागि आवेदन नै खुल्ला गरेको छ।

नेपालमा पहिलो पटक नै हुन लागेको गुलाबी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा मिस्टर गे नेपाल आयोजना गर्न निःशुल्क आवेदन खुल्ला गरेको मायाको पहिचान नेपालले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिको अभियानमा एकढिक्का आवाज बुलन्द गर्न मायाको पहिचान नेपालले समुदायका लागि स्थापना भएका सबै संघसंस्थाहरुलाई आबद्धताका लागि पनि आव्हान गरेको छ।

पहिलो मिष्टर गे हेन्डसमको रेष्टुरेन्ट

नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तले सन् २०१३ मा पहिलो मिस्टर गे ह्याण्डसम आयोजना गरेका थिए। पहिलो मिस्टर गे नेपालको उपाधि मकवानपुरका विश्वराज अधिकारीले पाएका थिए।

मायाको पहिचान नेपाल संस्थामार्फत अधिकार प्राप्तिको अभियान अगाडि बढाएका पहिलो संविधान सभा सदस्य एवं गुलाबी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत समेत रहेका पन्तले पिंक टुरिजम कन्फ्रेन्सका अवसरमा मिस्टर गे नेपाल २०२४ हुन लागेको जानकारी दिए।

सन् २०१७ मा भएको दोस्रो मिस्टर गे हेण्डसमको उपाधि सर्लाहीका मनिल सिंहले पहिरिएका थिए। उनले अन्तर्राष्ट्रिय गे प्रतियोगितामा नेपालबाट सहभागिता जनाएका थिए।

पहिलो र दोस्रो गे नेपालका उपाधि विजेताहरूलाई लिएर मायाको पहिचान नेपालले मिस्टर गे नेपाल २०२४ आयोजना गर्न लागेको जनाएको छ। गे नेपालमा प्रतिस्पर्धा गर्न इच्छुकहरूलाई आवेदन फारम खुल्ला गरिएको छ।

आवेदन फारम भर्नका लागि यहाँ क्लिक गर्नुहोला

मिष्टर गे हेन्डसमका प्रतिष्पर्धीलाई सोधिएको प्रश्न र उनीहरुको जवाफ :

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.