एसइईमा लैङ्गिक (अन्य) पहिचान खुलाएर १५ जना सहभागी हुँदै

एसइईमा लैङ्गिक (अन्य) पहिचान खुलाएर १५ जना सहभागी हुँदै

457
SHARES

काठमाडौं : यस वर्षको एसइईमा पहिलो पटक लैङ्गिक (अन्य) पहिचान खुलाएका १५ जना परीक्षार्थी सहभागी हुँदैछ। कक्षा १० को अन्तिम परीक्षा (एसइई) मा १५ जना विद्यार्थीले लैङ्गिक पहिचान ‘अन्य’ जनाएर परीक्षा दिन लागेका हुन्।

परीक्षामा सहभागी हुने पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी मध्ये ‘अन्य’ समूहबाट १५ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

एडुखबरले अन्य समूहमा बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट २/२, रुपन्देहीबाट ४ जना परीक्षामा सहभागी हुने समाचार प्रकाशित गरेको छ।

परीक्षामा सहभागी हुन दुई लाख ५० हजार सात सय ७२ छात्रा र दुई लाख ५३ हजार छ सय २७ जना छात्रले फारम भरेका थिए। परीक्षा चैत १५ देखि सुरु हुँदै छ।

कार्यालयले एसइईको लागि २ हजार ६४ परीक्षा केन्द्र तय गरेको छ। जापानबाट २३ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जापान, मनाङ, मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरिएको छ भने काठमाडौँमा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र हुनेछ।

जापानको एभरेस्ट स्कुलमा अध्ययन गर्ने विद्यार्थीले गत वर्षदेखि परीक्षामा सहभागी हुन थालेका हुन्।

एभरेस्ट स्कुलका २३ विद्यार्थी मध्ये १५ छात्रा र आठ छात्र छन्। जापानमा प्रश्नपत्र इमेलबाट पठाउने व्यवस्था मिलाइने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। प्रवेशपत्र र उत्तरपुस्तिका भने पठाइसकिएको छ।

समाचार शेयर गर्नुहोस्
457
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.