निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रसाईको हतियार राख्ने इजाजत छानविन गर्न सर्वोच्चको आदेश

प्रसाईको हतियार राख्ने इजाजत छानविन गर्न सर्वोच्चको आदेश

217
SHARES

काठमाडौं : सर्वोच्च अदालतले दुर्गा प्रसाईँका अङ्गरक्षक दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ।

खड्काले अदालत परिसरमा हतियार बोकेर प्रवेश गर्नु प्रचलित कानुन बमोजिम देखिएकाले थुनामुक्त गर्न न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आदेश दिएको हो।

खड्काले इजाजतपत्रको शर्त बमोजिम हतियार बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा थुनामा राख्नु गैरकानुनी देखिएको इजलासले दिएको आदेशमा उल्लेख छ।

आदेशमा लेखिएको छ,‘निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनु भनी विपक्षीहरूको नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।’

सर्वोच्च अदालतले प्रसाईँलाई ‘हतियार राख्न पाउने गरी इजाजतपत्र नवीकरण के कसरी भएको हो?’ भनेर आवश्यक छानबिन गर्न आदेश पनि जारी गरेको छ।

अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानुनी व्यवस्था गर्न गृह मन्त्रालयलाई सर्वोच्चले आदेश दिएको छ।

समाचार शेयर गर्नुहोस्
217
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.