देउवा-प्रचण्डको भेट हल्ला मात्रै

देउवा-प्रचण्डको भेट हल्ला मात्रै

176
SHARES

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मध्यरातमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको हल्ला फैलिएको छ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाले आन्तरिक रूपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेकोमा असन्तुष्टि जनाएका समाचारबारे देउवा र प्रचण्डको सचिवालयले अनभिज्ञता व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले देउवासँग भेट भएको जानकारी नभएको बताएको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्डलाई भेट्न देउवा बालुवाटार आएको जानकारीमा नभएका बताए। ‘भेट भएको छैन,’आचार्यले पहिचानसँग भने।

गएराति १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका देउवा झन्डै १ घण्टा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर फर्किएका बालुवाटार स्रोतको हवाला दिँदै केही अनलाइनहरूले समाचार प्रकाशित गरेका छन्। तर, प्रचण्ड र देउवा दुवैको सचिवालयले भेट नै नभएको दाबी गरेका छन्।

सभापति देउवाको सचिवालयले पनि प्रधानमन्त्री प्रचण्डसँग भेट नभएको बताएको छ। प्रमुख स्वकीय सचिव भानु देउवाले प्रचण्डसँग भेटघाट नभएको बताए। ‘भेट भएको छैन,’स्वकीय सचिव देउवाले पहिचानसँग भने,‘भेट भएकै छैन, किन हल्ला भयो?’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.