निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रो लिङ्गीलाई बेइज्जत गरेको घटना गृहमन्त्रीको नोटिसमा

तेस्रो लिङ्गीलाई बेइज्जत गरेको घटना गृहमन्त्रीको नोटिसमा

239
SHARES
फाइल तस्बिर

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तेस्रो लिङ्गीको सम्मान र सुरक्षामा राज्य जिम्मेवार रहेको बताएका छन्।

गृहमन्त्री लामिछानेले तेस्रो लिङ्गीलाई समाजले गर्ने अपहेलनाका कारण पीडा भोगिरहेको उल्लेख गरे। ‘विभिन्न बाध्यताका कारणले गर्दा समाजले गर्ने अपहेलनाका कारणले गर्दा जुन पीडा उहाँहरूले भोगिरहनु भएको छ। त्यसमा थप पीडा हुने कार्य पनि भएको छ,’उनले भने,‘उहाँहरूको सम्मान र सुरक्षामा हामी जिम्मेवार छौँ।’

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लामिछानेले अल्पसङ्ख्यकलाई सुरक्षित छौ भन्ने महसुस गराउने र संरक्षण गर्ने दायित्व राज्यको भएको बताए। काठमाडौँको ठमेल क्षेत्र २४ सै घण्टा खोल्ने छलफलमा उनले तेस्रो लिङ्गीको सम्मान र सुरक्षाबारे बोलेका हुन्।

उनले तेस्रो लिङ्गी अपहेलना र प्रताडनामा रहेको कुरालाई मध्यनजरमा राख्नु पर्ने बताए। ‘थर्डजेण्डरको कुरा आएको छ, तेस्रो लिङ्गीहरूको। उहाँहरूलाई समाजमा जुन ढङ्गले हेरिएको छ, जुन किसिमको अवहेलना र प्रताडनामा हुनुहुन्छ, त्यो कुरालाई मध्यनजर राख्नु पर्ने हुन्छ,’गृहमन्त्री लामिछानेले भने,‘अल्पसङ्ख्यकलाई माया गर्ने, प्रेम गर्ने, सुरक्षित छौ भन्ने महसुस गराउने, संरक्षण गर्ने राज्यको दायित्व हो।’

समलिङ्गी विवाह : धार्मिक नामका ठेकेदारहरूको विष वमन

गृहमन्त्री लामिछानेले तेस्रो लिङ्गीहरूले गरेका सानातिना गलत क्रियाकलापलाई असाध्यै ठुलो बनाएर बेइज्जती गर्ने कुरालाई गम्भीर रूपमा लिएको बताए।

‘अन्य साथीहरूले गरेका कयौँ ठुला घटनालाई नजरअन्दाज गर्छौ, तर तेस्रो लिङ्गी साथीहरूले गरेका सानातिना गलत क्रियाकलापलाई असाध्यै ठुलो बनाएर उहाँहरूको बेइज्जती गर्ने कुराहरू भइरहेको हुन्छ,’उनले भने,‘हामी यसलाई गम्भीर रूपमा लिन्छौँ। राज्यको दायित्व हो, उहाँको सम्मान र उहाँको सुरक्षा पनि राज्यको दायित्व हो।’

उनले तेस्रो लिङ्गीलाई समान रोजगारीका लागि राज्य संवेदनशील रहेको बताए। ‘उहाँहरूलाई सम्मानित ढङ्गमा पेसा व्यवसाय चाहेको इच्छा अनुसार रोजगारीमा समान अवसर दिने कुरामा राज्य संवेदनशील छ,’उनले भने,‘हामी संवेदनशील छौँ।’

गृहमन्त्री लामिछानेले कुनै पनि गलत या आपराधिक गतिविधिमा जो सुकै भए पनि हेर्ने दृष्टिकोण समान नै रहने बताए।

समाचार शेयर गर्नुहोस्
239
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.