निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थीलाई आरक्षण कोटा

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थीलाई आरक्षण कोटा

131
SHARES

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले कृषि बागवानी स्नातक तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थीका लागि आरक्षण कोटामा भर्ना हुन पाउने व्यवस्था गरेको छ।

त्रि.वि. अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थीका लागि आरक्षण कोटा छुट्ट्याएको हो।

त्रि.वि. नियममा व्यवस्था भए अनुसार आरक्षण कोटाको हकमा छात्रा बाहेक अन्य आवेदकले आरक्षित कोटामा भर्ना हुन चाहेमा सम्बन्धित निकायबाट प्राप्त प्रमाणपत्र पेस गर्नुपर्ने भनिएको छ। आवेदनमा उक्त प्रमाणपत्र समावेश गर्नु पर्ने र सबै कोटाहरूमा मेरिट क्रमाङ्क अनुसार भर्ना लिइने अध्ययन संस्थानले जनाएको छ।

संस्थानले अन्य कोटामा अल्पसङ्ख्यक, सीमान्तकृत, पिछडिएको वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई राखेको छ। अध्ययन संस्थानले शैक्षिक सत्र २०७९ ०८० मा अन्य कोटामा ४ जना विद्यार्थी भर्ना गर्ने सूचना नै निकालेको थियो।

कुनै पनि आरक्षित कोटाको लागि वडा कार्यालयको सिफारिस मात्र मान्य नहुने अध्ययन संस्थानले जनाएको छ। नेपालमा पहिलो पटक २०७२ मा जारी भएको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई पहिचानसहितको अधिकार व्यवस्था गरेको छ।

संविधानको धारा १२ मा भएको लैङ्गिक पहिचान अनुसारको नागरिकता पाउने व्यवस्था अनुसार ऐन संशोधन भइसकेको छ। धारा १८ र ४२ मा रहेको अधिकार कार्यान्वयनका लागि मायाको पहिचान नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

सरकारका निकायहरूले पछिल्लो समय संविधान अनुसार ऐन, नियममा संशोधन गर्दै लगेका छन्। त्यही अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विद्यार्थीका लागि आरक्षण कोटाको व्यवस्था गरिएको त्रि.वि. कृषि र पशु विज्ञान अध्ययन संस्थानले जनाएको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको हक अधिकार, वैवाहिक समानता, समुदाय सुधार लगायतका अभियान सञ्चालन गर्दै आएको आरक्षित कोटामा भर्ना हुने अवसरबाट वञ्चित नहुन मायाको पहिचान नेपालले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
131
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.