अनमोल राईलाई मिस पिंकको उपाधि 

अनमोल राईलाई मिस पिंकको उपाधि 

426
SHARES

काठमाडौं : मिस पिंकको उपाधि अनमोल राईले हात पारेका छन्। १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार पाएकी छन्।

मिस पिंकको उपाधि विजेता राई नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जानेछिन्। ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपानेले पाएकी छन्। ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाएकी छन्।

विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी तेस्रो लिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको अवसरमा मिस पिंक आयोजना गरिएको आयोजक नील हिरा समाजले बताएको छ। विश्व स्वास्थ्य सङ्गठनले मे १७ मा समलिङ्गी तेस्रो लिङ्गीलाई मानसिक रोगको सूचीबाट हटाएको थियो।

एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले स्थापना गरेको नील हिरा समाजले यस अघि मे १७ कै दिन मिस पिंक प्रतियोगिता आयोजना गर्दै आए पनि यो वर्ष अघिल्लो दिन नै आयोजना गरेको हो। संस्था स्थापना गरेका पन्तलाई आमन्त्रण नै नगरी वर्तमान नेतृत्वले मिस पिंक आयोजना गरेको हो।

१८ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो। टप टेनमा साम्माग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए।

टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए।

सहभागीहरू मध्ये ल्याकमी गिरीले मात्रै आफूलाई तेस्रो लिङ्गी महिला भनेकी थिइन। बाँकी सबै प्रतियोगीले अङ्ग्रेजी र नेपाली दुबैमा ट्रान्सजेण्डर भनेका थिए। उद्घोषले तेस्रो लिङ्गी शब्द नै उच्चारण गरेनन्। यसअघि भएका हरेक मिस पिंकमा तेस्रो लिङ्गी महिला भनेर सम्बोधन हुँदै आएको थियो।

तस्बिरहरु :

 

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.