निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

डा.नूतनको नेतृत्वमा ‘रोबोटीक ल्याप्रोस्कोपिक सर्जरी’

डा.नूतनको नेतृत्वमा ‘रोबोटीक ल्याप्रोस्कोपिक सर्जरी’

'थर्ड जेन्डरहरूमा शुक्रकीट छ भने गर्भावस्था गराउन मिल्छ'

186
SHARES

काठमाडौँ : काठमाडौँको बि.एन्ड.बी.अस्पतालमा टेष्टटयुब बेबी विशेषज्ञ डा. नूतन शर्माले काम सुरु गरेकी छन्। डा. शर्माको नेतृत्वमा बि.एन्ड बि.अस्पतालले नेपालमै पहिलो पटक ’रोबोटीक ल्याप्रोस्कोपिक सर्जरी’ सेवा सुचारु गर्ने जनाएको छ।

बि.एन्ड.बी पहिलो पटक गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सुरु गर्ने अस्पताल बन्ने दाबी समेत डा. शर्माले गरेकी छन्। अत्याधुनिक आइभीएफ सेन्टर समेत सञ्चालन गर्ने उनले बताइन।

यसमा तालिम केन्द्र पनि रहनेछ। नवचिकित्सकहरुलाई तालिम प्रदान गर्न आइभीएफ सेन्टर सञ्चालन गर्न लागिएको डा. शर्माले बताइन। ‘सेन्टरमा आधारभूत र उन्नत पाठ्यक्रमहरू हुन्छ र प्यारामेडिक्स र मेडिक्सको लागि पनि अभिमुखीकरण कक्षा हुन्छ,’ डा. शर्माले भनिन्।

डा. शर्माको नेतृत्वमा तीन जना डा.सहित ८ जना रहेका छन्। बाँझोपन विशेषज्ञ समेत रहेकी डा. शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलको पूर्णकालीन सेवा अन्त्य गरेर बि.एन्ड.बिमा काम सुरु गरेकी हुन्। उनले नर्भिकबाट स्वइच्छाले बि.एन्ड.बी.मा गएको बताइन।

नेपालमा पहिलो टेस्ट ट्युब बेबी ओममणि तामाङ हुन्। ०५५ सालमा मागी बिहे गरेका भोजपुरका राजेन्द्र र वीरगन्जकी सन्ध्याको सन्तान सुख उनै टेष्टट्युव बेबी ओममणिले दिएका छन्।

ओम हस्पिटलका डा. भोला रिजाल पहिलो पटक नेपाल भित्र्याएको टेस्टट्युबमार्फत जन्माउने आइभीएफ प्रविधिले तामाङ दम्पतीको सन्तान सुखको सपना पुरा भएको हो।

अहिले यो प्रविधिको प्रयोग निःसन्तानहरूका लागि वरदान साबित भएको छ। टेस्टट्युब बेबीकै कारण कयौँ दम्पतीले सन्तान सुख पाइसकेका छन्। सबै उपचार पद्धति अवलम्बन गर्दा पनि बच्चा बसेन भने मात्र टेस्ट ट्युब बेबीको आवश्यकता पर्छ।

डा. नूतन शर्माले टेष्टट्युव बेबीको सुविधा लिन ३ लाख रुपैयाँ खर्च हुने जानकारी दिइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि पनि यो सुविधा उपलब्ध हुने बताइन। थर्ड जेन्डर(तेस्रो लिङ्गी)हरूमा शुक्रकीट छ भने गर्भावस्था गराउन मिल्ने उनले बताइन।

नेपालमा समलिङ्गी महिलाको जोडीले टेष्टट्युब बेबी जन्माएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरू मध्ये मनिष यादव टेष्टट्युव बेबी जन्माउने पहिलो तेस्रो लिङ्गी हुन्। बालिका जन्मेका मनिषले महिलासँगै विवाह गरेका थिए। हाल मनिषको निधन भएको छ भने श्रीमतीले टेष्टट्युव बेबीलाई शिक्षा दीक्षा दिँदै आएकी छन्।

यो पनि :
टेस्टट्युब बेबीका बाउआमा भन्छन्– छोरीले बाउ भन्ने अधिकार पाउनु पर्यो (भिडियो सहित)

समाचार शेयर गर्नुहोस्
186
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.