निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रुसी सेनामा भर्ती : कन्सुलर विभागमा लछारपछार

रुसी सेनामा भर्ती : कन्सुलर विभागमा लछारपछार

132
SHARES

काठमाडौं : रुसी सेनामा भर्ती भएर मृत्यु भएका एवं बेपत्ताका परिवारलाई प्रहरीले लछारपछार पारेको छ। कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा धर्ना दिएका उनीहरूलाई प्रहरीले घोक्र्याएर बाहिर निकालेको हो।

अभियन्ता कृतु भण्डारीको नेतृत्वमा रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका परिवार धर्ना दिन कन्सुलर विभाग त्रिपुरेश्वर पुगेका थिए। महानिर्देशक पौडेलको कार्यकक्ष बाहिर सुतेका महिलालाई पुरुष प्रहरीले प्रहरीले हटाएको हो।

रुसी सेनामा पुगेका ३९ जनाको परिवारले गरे काजकिरिया

रुसी सेनामा भर्ती भएका मध्ये ३९ जनाको परिवारले काजकिरिया गरेका छन्। सरकारले मृतकको लास ल्याउन सकेको छैन। बेपत्ताको अवस्था पत्ता लगाउन हम्मेहम्मे परेको छ। रुस र युक्रेनबीच लामो समयदेखि युद्ध भइरहेको छ। युद्धग्रस्त देशको सेनामा भर्ना हुन नदिने नेपालको नीति विपरीत रुस पुगेका नेपालीहरूले ‘रुसी सेनाले मार्दैछन्, बचाउनुहोस्’ भनेर गुहार मागिरहेका छन्।

जान हुँदैन भनेको देशको सेनामा भर्ती भएकाहरू यतिबेला मरिने डरमा छन्। कुन बेला कताबाट आएर गोली खानुपर्ने हो ठेगान छैन। लाखौँ रुपैयाँ दलाललाई बुझाएर रुस पुगेकालाई स्वदेश फर्काउन परिवार, आफन्त, अभियन्ताले सरकारसँग याचना गरिरहेका छन्। तर, सरकारले कूटनीतिक पहल भइरहेको आश्वासन मात्र दिइरहेको अभियन्ता कृतु भण्डारी बताउँछिन्।

युद्धग्रस्त देश रुसमा मात्रै नभएर युक्रेनको सेनामा पनि नेपाली भर्ती भएका छन्। मानव तस्करको चङ्गुलमा परेर रुस र युक्रेनको सेनामा भर्ना भएकाहरू हारगुहार गरिरहँदा दलालहरू भने निस्फिक्री छन्।

समाचार शेयर गर्नुहोस्
132
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.