रुसी सेनामा पुगेका ३९ जनाको परिवारले गरे काजकिरिया 

रुसी सेनामा पुगेका ३९ जनाको परिवारले गरे काजकिरिया 

काठमाडौँ : रुस र युक्रेनको युद्धमा बन्दुक चलाउन पुगेका नेपाली युवा मर्न थालेका छन्। पैसाको लोभमा परेर मार्न र मर्न गएका उनीहरूलाई स्वदेश फर्काउन परिवारले याचना गरिरहेको छ। रुसी सेनामा आबद्ध नेपाली मध्ये ३९ जना मृत्यु भएको स्विकारेर परिवारले काजक्रिया गरेका अभियन्ता कृतु भण्डारीले जानकारी दिइन।

आफन्त गुमाउँदाको पीडामा छन् परिवार। पैसा कमाउन युद्धमा होमिएकाहरू कुन बेला मर्छन् ठेगान हुँदैन। नेपालको १० वर्षे सशस्त्र युद्धमा लागेकाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। युद्धको भुमरीमा होमिएका छन्। मरिन्छ भन्ने जानीजानी गएकाहरूले उद्धारका लागि सहयोग मागेका छन् सरकारसँग। इजरायलमा हमाससँग भएको युद्धका क्रममा बेपत्ता भएका विपिन जोशीको अवस्था समेत पत्ता लाग्न सकेको छैन।

सरकार समस्या र गुनासाहरूको भारी बोकेर बसेको छ। समाधानका लागि पहल गरेको ओठे जवाफ बाहेक अरू छैन। देशभित्रै समस्या माथि समस्या थपिएका छन्। एक नेपालीले अर्को नेपालीलाई ठगी रहेका छन्।

विदेशमा पुगेका नेपालीको समस्या समाधान हुने सङ्केत देखिएको छैन। अझ युद्धको मैदानमा होमिन रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन सरकारलाई नै कठिन परेको देखिएको छ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई रुसी सेनामा भर्ना भएकाका परिवारले गुहार मागे। पहल गर्ने जवाफ पनि पाए। तर, हालसम्म सरकारले पहल गरेको देखिएको छैन। किन पहल नगरेको भनेर प्रश्न गर्ने पनि पीडित परिवार मात्रै देखिएको छ।

सामाजिक सञ्जाल फेसबुकमा हरिबोल सत्यालले रुसी सेनामा भर्ना भएकाहरूलाई लक्षित गरेर कडा टिप्पणी गरेका छन्। युद्ध मैदानबाट नेपालीको याचना रुसी सैनिकले नै मार्दैछन्, बचाउनुहोस् भनिरहँदा सत्यालको टिप्पणी यस्तो छ,’पैसा पाइन्छ भनेर सैनिक बन्ने अनि मरिन्छ भनेर देशलाई गुहार? देशमा केही योगदान नदिने, देश खत्तम भनेर विदेशीको पाउ मोल्न जानेको देशले वास्ता नगरेकोमा चित्त भने बुझेको छ।’

आफ्नै नागरिकलाई सुरक्षासहितको रोजगारी दिन नसक्ने सरकारसँग सामाजिक सञ्जालमा आएका यस्तै प्रतिक्रियाको मारमा पीडित परिवार परेका छन्। न सास न लासको अवस्थामा पुगेका परिवारको सङ्ख्या ३९ पुगेको छ।

रुसी सेनामा आबद्ध नेपाली हाल सम्म मृत्यु भएको परिवारले स्वीकार गरी काजक्रिया गरेकाहरू :

१.राजकुमार रोका, दोलखा

२.शुक्रबहादुर तामाङ, काठमाडौँ

३.भरतबहादुर शाह, दोलखा

४.देवन राई, कास्की

५.प्रितम कार्की, स्याङ्जा

६.गंगराज मोक्तान, इलाम

७.रूपक कार्की, कपिलवस्तु

८.सन्दीप थपलिया, गोरखा

९.कुन्दनसिंह नागल, दार्चुला

१०.हरिप्रसाद अर्याल, स्याङ्जा

११.राजकुमार गिरी, धादिङ

१२.धनसिंह पुन, रोल्पा

१३.पूर्णबहादुर गुरुङ, धादिङ

१४.सुन्दर मोक्तान, रसुवा

१५.गङ्गाराम अधिकारी, झापा

१६.पदमबहादुर घिमिरे, उदयपुर

१७.सञ्जय केसी, बाँके

१८.नवीन शाही, जाजरकोट

१९.जीतबहादुर विक, बागलुङ

२०.अनिलकुमार शाह, महोत्तरी

२१.खगेन्द्र राईका, धनकुटा

२२.सोमेश सुनार, प्युठान

२३.रामकुमार प्रधान, मकवानपुर

२४.ओमबहादुर मगर, उदयपुर

२५.भुवन पुन मगर, म्याग्दी

२६.विराजन विष्ट, कञ्चनपुर

२७.लालबहादुर घर्ती मगर, प्युठान

२८.सन्तोष विष्ट, सल्यान

२९.पूर्वा शेर्पा

३०.साजन गुरुङ, लमजुङ

३१.सन्तोष गुरुङ, लमजुङ

३२.जितबहादुर पुन, दाङ

३३.खोमबहादुर भुजेल, ओखलढुङ्गा

३४.रुपन्देहीका लालबहादुर बुढा

३५.नेत्रबहादुर घर्ती, रुपन्देही

३६.घनश्यामका पुन, रोल्पा

३७.तेजबहादुर शाही, दैलेख

३८.बिरबल राई, सङ्खुवासभा

३९.टीका राना, तेह्रथुम

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.