निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विज्ञापन बोर्डले भन्यो, विकास निर्माण र सेवा प्रवाहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सहभागिता सुनिश्चित गरौँ

विज्ञापन बोर्डले भन्यो, विकास निर्माण र सेवा प्रवाहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सहभागिता सुनिश्चित गरौँ

103
SHARES

काठमाडौं : विज्ञापन बोर्डले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकअधिकार सुनिश्चित गर्न अनुरोध गरेको छ।

बोर्डले जेठ महिनाका लागि सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन पठाएर यो समुदायको हकअधिकार सुनिश्चित गर्न भनेको हो।

संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सामाजिक न्यायको हक प्रदान गरेको बोर्डले सञ्चारमाध्यमलाई प्रकाशनका लागि उपलब्ध गराएको विज्ञापनमा उल्लेख छ।

मानवअधिकार र मौलिक हक, सामाजिक मर्यादा र सुरक्षा सुनिश्चित गरौँ भन्ने सन्देश बोर्डले लोककल्याणकारी विज्ञापनमा राखेको छ।

बोर्डले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन पठाएर विकास निर्माण र सेवा प्रवाहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको सहभागिता सुनिश्चित गरौँ भनेको छ।

उनीहरूप्रति सकारात्मक दृष्टिकोणको विकास गर्न, लैङ्गिक तथा यौनिक अल्पसंख्यकमैत्री वातावरण निर्माण गर्न र वैयक्तिक स्वतन्त्रता, आत्मसम्मान र न्यायको पक्षमा वकालत गर्न भनेको छ।

समाचार शेयर गर्नुहोस्
103
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.