राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, भारत भ्रमणबारे जानकारी

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, भारत भ्रमणबारे जानकारी

फाइल तस्बिर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शनिवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा दोस्रो भारत भ्रमण गर्दै छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रचण्ड आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्री मोदीको नयाँ दिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको साथमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी, छोरी गङ्गा दाहाल तथा उच्चपदस्थ सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताएका छन्।

भारतका लागि नेपाली राजदूत शङ्कर शर्मालाई सरकारले फिर्ता बोलाउने निर्णय गरिसकेको छ। भारत जाने निर्णय गरेकी मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो।

प्रचण्ड क्याबिनेट : राजदूत फिर्ता बोलाएर भारत जाने

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सोमवार स्वदेश फर्कने कार्यक्रम छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको पहिलो शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र सन् २०१९ मा प्रधानमन्त्री केपी ओली सहभागी भएका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.