निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली भुटानी शरणार्थी : फरार तीन जनाको जवाफ आउनै बाँकी

नक्कली भुटानी शरणार्थी : फरार तीन जनाको जवाफ आउनै बाँकी

112
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ। फरार भएकाहरूको हकमा म्याद तामेलीको सूचना जारी भएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ।

उच्च अदालतको धरौटीमा छुटेकाहरूले तारेख लिएका छन्। धरौटीमा रिहा भएकाहरूको साधारण तारेक जेठ ३१ गतेका लागि तोकिएको काठमाडौं जिल्ला अदालतले जनाएको छ। अदालतका अनुसार मूल मुद्दाको सुनुवाइ हुने मिति तय भएको छैन।

उच्च अदालत पाटन र सर्वोच्च अदालतले जिल्ला अदालतको आदेशमा मात्रै सुनुवाइ गरेको हो। मूल मुद्दा विचाराधीन अवस्थामै छ। अब जिल्ला अदालतमा पुर्पक्षका लागि थुनामा पठाएकाहरूलाई अब थुनामै राख्ने या थुना मुक्त गर्ने भनेर सुनुवाइ हुनेछ।

त्यसका लागि फरार प्रतिवादीहरूको नाममा म्याद तामेल भएको छ। १० जना फरार प्रतिवादी मध्ये अहिलेसम्म ७ जनाको मात्रै म्याद तामेल भएर जवाफ प्राप्त भएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

फरार तीन जना प्रतिवादीको अझै म्याद तामेल हुन बाँकी रहेको उनले बताए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न भएर फरार भएका १० मध्ये तीन जनाको म्याद तामेल भएर जवाफ नआउँदा मुद्दा पेशीमा चढ्न नसकेको हो। ‘फरार मध्ये तीन जनाको जवाफ आउन बाँकी छ,’अदालतका सूचना अधिकारी बास्कोटाले पहिचानसँग भने,’जेठ ३१ गतेका लागि मुद्दा साधारण तारेखमा छ।’

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गरेका आङटावा शेर्पालाई ३० लाख र गोविन्दकुमार चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। धरौटीमा रिहा भएकाहरू अब जेठ ३१ गते जिल्ला अदालतमा साधारण तारेख बुझ्न पुग्नेछन्।

नक्कली शरणार्थी : तीन जना थुनामुक्त, रायमाझी हिरासतमै

समाचार शेयर गर्नुहोस्
112
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.