नक्कली शरणार्थी : तीन जना थुनामुक्त, रायमाझी हिरासतमै

नक्कली शरणार्थी : तीन जना थुनामुक्त, रायमाझी हिरासतमै

448
SHARES

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका तीन जना प्रतिवादीलाई थुनामुक्त गर्न आदेश दिएको छ। आङटावा शेर्पालाई ३० लाख र गोविन्दकुमार चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

सर्वोच्चले शमशेर मियालाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै बाँकी प्रतिवादीको हकमा उच्च अदालत पाटनकै आदेश सदर गर्ने आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सन्देश शर्मा, सागर राई र सानु भण्डारी थुनामै रहने भएका छन्।

समाचार शेयर गर्नुहोस्
448
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.