निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पशुपतिनाथको भेटी डकैती गर्नेहरूको बयान

पशुपतिनाथको भेटी डकैती गर्नेहरूको बयान

115
SHARES

काठमाडौं : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने डाँकाहरूको बयान मङ्गलवार सकिने भएको छ।

काठमाडौं जिल्ला अदालतमा चलिरहेको बयान सकिएर मङ्गलवार नै थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। ‘न्यायाधीश कपिलमणि गौतमको इजलासमा अहिले बयान चलिरहेको छ,’बास्कोटाले पहिचानसँग भने,’बयान सकिएर आजै थुनछेक बहस सुरु हुने सम्भावना छ।’

पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारको बयान चलिरहेको हो।

पशुपतिनाथमा भेटी चोरी : ६ जना विरुद्ध मुद्दा दर्ता, २ करोड ३० लाख बिगो दाबी

उनीहरूसँग २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता सन्तोष कटवालले जानकारी दिए। मुलुकी अपराध संहिता २४४ को उपदफा ३ को (ख) मा भएको व्यवस्था अनुसार सजाय माग गरिएको उनले बताए।

भेटी चोर्ने डाँका समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी सरकारी वकिलको कार्यालयले गरेको छ। सार्वजनिक पद धारण गरेका समेत चोरीमा संलग्न भएको पाइएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने रेकर्ड रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्छन्। पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो।

समाचार शेयर गर्नुहोस्
115
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.