निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पशुपतिनाथको भेटी डकैतीमा संलग्न ६ जनाको थुनछेक बहस सुरु

पशुपतिनाथको भेटी डकैतीमा संलग्न ६ जनाको थुनछेक बहस सुरु

130
SHARES

काठमाडौं : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी डकैती गर्नेहरूको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा बयान सकिएसँगै मङ्गलवारदेखि थुनछेक बहस सुरु भएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

सरकारी पक्षको बहस सकिएको र बुधवार प्रतिवादीका पक्षबाट बहस हुने उनले बताए। ‘सरकारी पक्षको बहस सकिएको छ,भोलि(बुधवार) प्रतिवादीका तर्फबाट बहस हुनेछ,’सूचना अधिकारी बास्कोटाले पहिचानसँग भने,‘बहस सकिए भोलि नै आदेश पनि आउन सक्छ।’ जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासमा मुद्दा हेर्दा हेर्दैमा राखिएको छ।

भेटी डकैतीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न छन्।

उनीहरूले प्रहरी र सरकारी वकिलसँगको बयानमा पशुपतिनाथ मन्दिरको भेटी विगत ६ महिनादेखि चोरी गर्दै आएको स्वीकार गरेका छन्। सिसिटिभी फुटेजमा चोरी गरेको देखिए लगत्तै पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई गौशाला प्रहरीको जिम्मा लगाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जना विरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेको छ।

जिल्ला न्यायाधीवक्ता सन्तोष कटवालले भेटी चोर्ने डाँका समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको जानकारी दिए।

सार्वजनिक पद धारण गरेका समेत डकैतीमा संलग्न भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने उनले बताए।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सम्बन्धित समाचार :

पशुपतिनाथको भेटी डकैती गर्नेहरूको बयान

पशुपतिनाथमा भेटी चोरी : ६ जना विरुद्ध मुद्दा दर्ता, २ करोड ३० लाख बिगो दाबी

समाचार शेयर गर्नुहोस्
130
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.