निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पशुपतिनाथको भेटी डकैती गर्ने पाँच जना जेल चलान, एक जना धरौटीमा रिहा

पशुपतिनाथको भेटी डकैती गर्ने पाँच जना जेल चलान, एक जना धरौटीमा रिहा

104
SHARES

काठमाडौं : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ।

भेटी चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका प्रवक्ता मेलिस बास्कोटाले जानकारी दिए।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले अर्का प्रतिवादी सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जना विरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ। विगत ६ महिनादेखि सङ्कलित भेटी चोरी गरेको प्रतिवादीहरूले स्वीकारेका छन्।

सम्बन्धित समाचार :

पशुपतिनाथको भेटी डकैतीमा संलग्न ६ जनाको थुनछेक बहस सुरु

पशुपतिनाथको भेटी डकैती गर्नेहरूको बयान

पशुपतिनाथमा भेटी चोरी : ६ जना विरुद्ध मुद्दा दर्ता, २ करोड ३० लाख बिगो दाबी

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.