निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘अन्य’ लैङ्गिक पहिचानका चार जना कक्षा ११ पढ्न योग्य

‘अन्य’ लैङ्गिक पहिचानका चार जना कक्षा ११ पढ्न योग्य

229
SHARES

काठमाडौं : कक्षा १० को अन्तिम परीक्षा (एसईई) दिएका चार जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) उत्तीर्ण भएका छन्। परीक्षामा १५ जना ‘अन्य’ लैङ्गिक पहिचानका परीक्षार्थी सहभागी थिए। तर, १२ जनाको मात्रै नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘अन्य’ पहिचान भएका चार जना परीक्षार्थी कक्षा ११ पढ्न योग्य भएका छन्। कोशी प्रदेशमा ‘अन्य’ पहिचान खुलाएर परीक्षा दिएका दुई जना ११ पढ्न योग्य भएका छन्।

मधेसमा परीक्षा दिएका दुई जनाको नतिजा एनजी आउँदा बागमती प्रदेशमा परीक्षा दिएका एक जना ११ कक्षा पढ्न योग्य भएका छन्।

लुम्बिनीबाट छ जनाले परीक्षा दिएकोमा एक जना मात्र उत्तीर्ण भएका छन्। पाँच जनाको नतिजा एनजी आएको छ। कर्णालीबाट परीक्षा दिएका एक जनाको नतिजा एनजी आएको छ।

एसईई परीक्षा सुरु, पहिलो पटक ‘अन्य’ लैङ्गिक पहिचान खुलाएर १५ जना सहभागी

बिहीबार सार्वजनिक भएको २०८० सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा एनजी आएको छ। यो ५२.१४ प्रतिशत हो। ४७.८६ प्रतिशत विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने छन्।

दुई विषयमा ‘एनजी’ आएका विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन्। एक सय ८६ जनाले ४ जिपिए प्राप्त गरेका छन्। दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ।

यसपालि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुट्टै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो। २०७२ देखि १० कक्षाको विद्यार्थीको सिकाइ उपलब्धि ग्रेडिङ प्रणालीबाट हुन थालेको हो।

कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जिपिए एनजी हुनेछ। कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन्। परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएका थिए।

समाचार शेयर गर्नुहोस्
229
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.