महिलाको गुण भएका पुरुष र पुरुषको गुण भएका महिलाका लागि हर्मोनल क्लिनिक !

महिलाको गुण भएका पुरुष र पुरुषको गुण भएका महिलाका लागि हर्मोनल क्लिनिक !

काठमाडौं : नेपाल परिवार नियोजन सङ्घले छोरीको गुण भएका पुरुष र छोराको गुण भएका महिलालाई हर्मोन सेवा दिने गरिएको बताएको छ।

जन्मको भन्दा फरक लैङ्गिक पहिचानमा हुर्कन चाहनेहरूका लागि हर्मोनल तथा लेजर थेरापी सेवा उपलब्ध रहेको सङ्घले बताएको हो। सङ्घको जडीबुटी कार्यालयका शाखा प्रबन्धक शरदकुमार अर्यालका अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) कम्युनिटीका लागि मात्र नभएर महिला र पुरुषले पनि क्लिनिकबाट सेवा लिइरहेका छन्।

अपाङ्गता भएका व्यक्तिको प्रजनन तथा स्वास्थ्य सेवाबारे जानकारी दिन आयोजित छलफल कार्यक्रममा शाखा प्रबन्धक अर्यालले विशेष गरी यौन अङ्ग प्रत्यारोपण गरेका ट्रान्सजेण्डरहरु हर्मोनल तथा लेजर थेरापी क्लिनिकबाट लाभान्वित भइरहेको बताए।

सङ्घले सन् २०२२ जुलाई देखि सुरु गरेको क्लिनिकमा १५१ जना ट्रान्सजेण्डरले सेवा लिएका छन्। सन् २०२३ जुलाईसम्म प्रजनन अङ्ग पुरुष भएका ११७ जनाले महिलाको गुण आउनका लागि हर्मोन लिएका छन् भने प्रजनन अङ्ग महिला भएका १६ जनाले पुरुषको गुण आउनका लागि हर्मोन लिएका छन्।

१८ वर्ष मुनिकालाई हर्मोन लिन परिवारको स्वीकृति अनिवार्य

शाखा प्रबन्धक अर्यालले ट्रान्सजेण्डरका लागि मात्र नभई सबै लैङ्गिक पहिचानका व्यक्तिलाई क्लिनिकबाट सेवा उपलब्ध हुँदै आएको बताए। ‘यौन अङ्ग प्रत्यारोपण गरेर आएकाहरूलाई नियमित हर्मोन लिनुपर्ने हुने रहेछ,’उनले भने,’नेपालमा हर्मोनल सेवा दिने परिवार नियोजन सङ्घ एक मात्र हो, हर्मोन लिन भारत र थाइल्यान्ड जानुपर्ने बाध्यता अन्त्य गरेका छौँ।’

नेपालमा यौन अङ्ग प्रत्यारोपण हुँदैन। विदेशमा लिङ्ग परिवर्तन गरेर आएकाहरूले हर्मोन लिन विदेश जानु नपर्ने उनले बताए। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई अरू स्वास्थ्य सेवा पनि दिने गरिएको उनले जानकारी दिए। शाखा प्रबन्धक अर्यालले हर्मोनल सेवा बाहिर भन्दा ६० प्रतिशत भन्दा कममा उपलब्ध हुने गरेको जानकारी पनि दिए।

डा. दीपा क्षेत्रीले चिकित्सकको चेकजाँच पछि मात्र हर्मोन दिने गरिएको बताइन।’हर्मोन लिन आउनेहरूलाई चिकित्सकले चेकजाँच गरेर मात्रै दिने गरेका छन्,’उनले भनिन्,’कसैलाई पनि जबरजस्ती हर्मोन लिन लगाउँदैनौ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका केही व्यक्तिहरूले हर्मोन लिने गरेका छन् भने केहीले यौन अङ्ग प्रत्यारोपण समेत गरेका छन्। चिकित्सकको सल्लाहबिना जथाभाबी हर्मोन सेवन गर्दा जटिल स्वास्थ्य समस्या समेत देखिने गरेको समुदायका सदस्यले बताएका छन्।

सङ्घको क्लिनिकमा ब्लु डायमन्ड सोसाइटी र मितिनी नेपालको सिफारिस लिएर हर्मोन तथा लेजर थेरापी सेवा लिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पुग्ने गरेका छन्। सङ्घले यी दुई संस्थासँग समन्वय गरेर क्लिनिक सञ्चालन गरेको बताएको छ।

युएसएआडीको एफएचआई ३६० अन्तर्गत इपिक परियोजना सञ्चालन गरेको क्रुजएड्स नेपाललाई हर्मोन खान उक्साएको आरोप समेत लागेको छ। ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष क्रुजएड्स नेपालमा प्राविधिक सल्लाहकार छन्। क्रुजएड्सका अध्यक्ष ब्लु डायमन्ड सोसाइटीमा कर्मचारी छन्।

यी संस्थाहरूले समुदायका सदस्यहरूलाई हर्मोन लिन र अन्ततः यौन अङ्ग प्रत्यारोपणका लागि उक्साउने गरेको आरोप समेत समुदायकै सदस्यहरू लगाउँछन्। ‘पैसा हुनेले त हर्मोन लिन र यौन अङ्ग नै प्रत्यारोपण गर्लान्,के उनीहरूलाई मात्र समुदायको भन्ने हो?,’समुदायका सदस्यले सोधेका छन्,हर्मोन नलिने र यौन अङ्ग प्रत्यारोपण नगर्नेहरू समुदायमा नपर्ने हुन्?’

सम्बन्धित समाचार :

तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला, महिला बनेका पुरुष देखि तर्सिए सांसद

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.