हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

काठमाडौं (पहिचान) असोज १५ – काठमाडौंका विभिन्न अस्पतालमा तेस्रोलिंगीले प्रयोग गर्ने हर्मोन विक्री हुने गरेको छ । काठमाडौंको नेपाल कार्डियो डाइविटिज एण्ड थाइराइड सेन्टर र ललितपुरको अल्का अस्पतालबाट हर्मोन किनेर प्रयोग गरिरहेको तेस्रोलिंगीहरुले बताएका छन् ।

कार्डियो अस्पतालले दैनिक २० देखि ३० जना तेस्रोलिंगी हर्माेन किन्न आउने गरेको बताएको छ । शारीरिक रुपमा महिलाबाट पुरुष र पुरुषबाट महिला बन्न हर्मोन प्रयोग हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

नेपालमा पाइने हर्मोन मध्ये महिलाबाट पुरुष बन्न टेष्टोस्ट्रन र पुरुषबाट महिला बन्न प्रोजेष्ट्रन हर्मोन धेरै प्रयोग हुने गरेको कार्डियो अस्पतालका प्रवन्ध निर्देशक शेर बहादुर रानाले जानकारी दिए । यि हर्मोन तेस्रोलिंगी महिला र पुरुषले प्रयोग गरिरहेका रानाले बताए ।

कार्डियो अस्पतालले एक बर्षअघि महिला, पुरुष र अन्य लैंगिक पहिचानको फर्म राखेको जनाएको छ । नील हिरा समाजका सुदिप गौतमको निरन्तरको प्रयासपछि अस्पतालले अन्य लैंगिक पहिचान जनाउन मिल्ने फर्म बनाएको प्रवन्ध निर्देशक रानाले बताए ।

भावनात्मक रुपमा महिला जन्मे पुरुष र पुरुष जन्मे महिला हुन चाहनेहरुले शारीरिक रुपमै बदल्न हर्मोन प्रयोग गर्ने गरेको रानाले जानकारी दिए । तेस्रोलिंगीले मात्रै नभएर हर्मोन लिनका लागि महिला पुरुष पनि अस्पतालमा आउने गरेको उनले बताए ।

‘तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष सबैले हर्मोन प्रयोग गर्छन भन्ने छैन एलबीटी अधिकारकर्मी सुदिपले भने, जसले हर्मोन प्रयोग गर्छु भन्छन् उनीहरुलाई अस्पतालसम्म पुर्याएर सहयोग गरिरहेको छु ।’

हर्मोन प्रयोग गरिरहेकाहरुमा कहिले काँही मुटुको चालमा गडबढी आउन सक्ने कार्डियो अस्पतालमा प्रवन्ध निर्देशक रानाले बताए । चिकित्सकको सल्लाह अनुसार हर्मोन प्रयोग गर्नेहरुलाई स्वास्थ्य समस्या त्यति नहुने हर्मोन प्रयोग गर्नेहरुको अनुभव छ ।

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या देखिने गरेको छ । हर्मोन प्रयोग गर्दा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, विर्सने, रिसाउने समस्याहरु देखिने तेस्रोलिंगीहरुले बताए । कार्डियो अस्पतालले अहिले इन्जेक्सन लगाउन थालेको छ । टेष्टोस्ट्रन, प्रोजेष्ट्रन, स्टाडियल, स्ट्रोजन लगायतका हर्मोन प्रयोग गर्नेहरुलाई अहिले इन्जेक्स दिने गरिएको कार्डियो अस्पतालले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.