यो वर्षको गाईजात्रा कीर्तिपुरको बाघभैरवमा

यो वर्षको गाईजात्रा कीर्तिपुरको बाघभैरवमा

239
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले यो वर्ष कीर्तिपुरमा गाईजात्रा र्‍याली गर्ने भएका छन्। राज्यका निकायमा समानुपातिक समावेशिता र राजनीतिक अधिकार माग गर्दै समुदायका सदस्यहरूले बाघभैरव मन्दिर अगाडि भेला भएर र्‍याली गर्ने जानकारी दिए।

मायाको पहिचान नेपाल र समर्पण सभ्य समाज नेपालले संयुक्त रूपमा मनाउन लागेको गाईजात्रा र्‍यालीमा उपस्थितिका लागि सबैलाई अनुरोध गरेका छन्। विभिन्न भेसभुसामा सजिएका समलिङ्गी, तेस्रो लिङ्गीहरू बाघभैरव मन्दिरबाट उमामहेश्वरको मन्दिरसम्म पुग्ने आयोजक संस्थाले जनाएका छन्।

भदौ ४ गते दिउँसो १२ बजे सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई बाघ भैरव कीर्तिपुरमा उपस्थित हुन आयोजक संस्थाहरूले अनुरोध पनि गरेका छन्।

नेपालमा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तको नेतृत्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका हुन्। पन्तले सुरु गरेको गाईजात्रा उत्सवमा देशभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सहभागी हुँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्
239
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.