अमेरिकामा प्रधानमन्त्री : हाई-हेलो गर्दै हात मिलाउन व्यस्त

अमेरिकामा प्रधानमन्त्री : हाई-हेलो गर्दै हात मिलाउन व्यस्त

काठमाडौँ : नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा अमेरिकाको न्यूयोर्क पुगेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन सरकारी अधिकारीहरू न्युयोर्कमा भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा व्यस्त छन्।

चतुर्पक्षी सुरक्षा संवाद (क्वाड) बैठकका लागि अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घ महासभाका लागि पुगेका प्रधानमन्त्री ओलीसँग भेट गरे।

क्वाडमा संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया र भारत छन्। क्वाडको सुरुवात सन् २००७ मा जापानका प्रधानमन्त्री शिंजो आबेले गरेका थिए, जसमा अमेरिका का उपराष्ट्रपति डिक चेनी, अस्ट्रेलियाका प्रधानमन्त्री जॉन हावर्ड र भारतका प्रधानमन्त्री मनमोहन सिंहले साथ दिएका थिए।

अमेरिकासँग तीव्र प्रतिस्पर्धा देखिएको छ। पश्चिमा देशलाई चुनौती दिँदै आएको चीन विश्वमा आफ्नो उपस्थिति बढाइरहेको छ। चीन बाहेकको क्वाड सम्मेलनमा भाग लिन पुगेका मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग न्यूयोर्कमै भेट गरे।

विश्वको धेरै जनसङ्ख्या भएको देश भारतका प्रधानमन्त्री मोदीले यो पटकसम्म गरेर ९ पटक अमेरिका भ्रमण गरेका छन्। भारतको तेस्रो पटक प्रधानमन्त्री बन्ने भाग्यमानी मोदीले नेपालका प्रधानमन्त्री ओलसँग हाईहेलो गर्दै हात मिलाएका छन्।

मोदीसँग चिसिन लागेको सम्बन्ध तताएको विश्लेषण भएका छन्। भेटमा सहभागी परराष्ट्रमन्त्री राणाले नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएकी छिन्। उनले यसअघि भारत भ्रमण गर्दा पनि मोदीलाई प्रधानमन्त्री ओलीको तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको बताएकी थिइन।

भुटानलाई संविधान संशोधन गरी गैरनागरिक बनाइएकालाई नागरिकता दिन राष्ट्रसङ्घको सुझाव

प्रधानमन्त्री ओलीले भेट भएको मौकामा भ्रमणको निम्तो गरेको औपचारिकता निभाएका छन्। प्रधानमन्त्री ओलीसँग भुटानका समकक्षी डासो छिरिङ तोब्गेले पनि अमेरिकामा भेट गरे। नेपालको प्रशंसा गरेका उनी भुटानी शरणार्थीबारे चुइँक्क बोलेनन्।

प्रधानमन्त्री ओलीले भुटानी शरणार्थीबारे कुरा गरे नगरेको सार्वजनिक भएको छैन। पूर्वी नेपालको शरणार्थी शिविरमा बिजोग अवस्थामा रहेका भुटानीको दुर्दशाबारे विश्व समुदाय जानकार छ। नक्कली भुटानी शरणार्थी काण्डले थप हल्लीखल्ली भएको छ,नेपालमा त आफ्नै नागरिकलाई भुटानी बनाएर समेत अमेरिका पठाउने खेलो चल्छ भनेर।

भुटानी शरणार्थीहरू नेपाल आएको तीन दशक बितिसकेको छ। नेपालले निर्वासित शरणार्थी नेताको उपमा दिएका टेकनाथ रिजाल उमेरसँगै नक्कली काण्डले थलिएका बेला राष्ट्रसङ्घमा कुरा उठ्ने आशा शरणार्थीहरूले गरेका छन्।

प्रधानमन्त्री ओलीलाई राष्ट्रसङ्घ महासभामा स्वदेश फिर्तीको विषय उठाइदिन भुटानी शरणार्थीले गरे आग्रह

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा रहेका सचिवालयका सदस्यहरूले भुटानी शरणार्थीबारे कुराकानी भए नभएको केही बताएका छैनन्। ‘विज्ञप्तिमा आउँछ होला,’भ्रमण टोलीका एक सदस्यले भने।

भुटानी शासक निरङ्कुश : जेलमा कठोर याताना, रिहा पछि देश निकाला

परराष्ट्रमन्त्री राणाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग भएको द्विपक्षीय भेटमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकहरूका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

मन्त्री डा राणाले बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भनेर कुराकानी गरेकी छन्।

परराष्ट्रमन्त्री डा राणा र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच न्युयोर्कमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरूका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।

तर, अमेरिकामा रहेका नेपाली समुदायले नै कालोझण्डा देखाउने धम्की सार्वजनिक गरे पछि महावाणिज्यदूतावासले गर्ने भनेको वृहत् अन्तरक्रिया कार्यक्रम नै रद्द भएको छ। सुरक्षा संवेदनशीलतालाई लिएर कार्यक्रम रद्द गरिएको महाबाणिज्यदूतावासले जनाएको छ।

प्रधानमन्त्री ओलीसँग भारतका समकक्षी मोदी र भुटानका तोब्गेको भेट, वृहत् अन्तरक्रिया कार्यक्रम रद्द

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.