निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘तेस्रो लिङ्गी पहिचान गर्नेलाई उद्धार र राहतमा बेवास्ता’

‘तेस्रो लिङ्गी पहिचान गर्नेलाई उद्धार र राहतमा बेवास्ता’

138
SHARES

काठमाडौँ : विपद्पछिको विध्वंसमा परेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवश्यकतालाई बेवास्ता गरिएको एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बताएका छन्। विशेष गरी तेस्रो लिङ्गीको रूपमा पहिचान गर्नेहरूलाई उद्धार तथा राहतमा बेवास्ता गरिएको उनले बताए।

गत साता परेको अत्यधिक वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो प्राकृतिक प्रकोप निम्त्यायो। गृह मन्त्रालयले आइतबार बेलुकी निकालेको विज्ञप्ति अनुसार बाढी, पहिरो र डुबानका घटनाबाट २४६ जनाको मृत्यु भएको छ। १८ जना अझै बेपत्ता छन्।

उद्धार र राहत दिने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ। तर, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको आवश्यकताहरूमा पर्याप्त ध्यान नदिएका पन्तले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सीमान्तकृत समूहहरूले सामना गरेका जोखिमलाई सम्बोधन गर्न विपद् राहत र जलवायु परिवर्तन न्यूनीकरण नीतिहरू असफल भएको उनले बताए। नेपाल बाढी पहिरोसँग जुधिरहेको बेला, सरकार र विभिन्न गैर–सरकारी संस्थाहरू (एनजिओ) सहायता प्रदान गर्न परिचालन भइरहेका छन्।

पन्तले विध्वंस निम्त्याएको विपद् सङ्कटको समयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय उच्च जोखिममा रहेको उल्लेख गरेका छन्। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले धेरै तेस्रो लिङ्गीका लागि सुरक्षित घर भाडामा लिन गाह्रो हुने र उनीहरूलाई जोखिमपूर्ण अवस्थामा बाध्य तुल्याउने गरेको बताए।

नेपालमा हालै आएको बाढीले धेरै मानिसहरूलाई घरबारविहीन बनाएको छ। रुपन्देही जिल्लामा रहेको गैरसरकारी संस्था साहसी कदम नेपालले प्रभावित तेस्रो लिङ्गी व्यक्तिहरूलाई थोरै भए पनि राहत सामग्री उपलब्ध गराउने काम गरेको छ। जुन प्रशंसनीय रहेको पन्तले बताए।


पन्तका अनुसार विपद् राहत र जलवायु परिवर्तन न्यूनीकरण नीतिहरूमा समावेश नहुनुले व्यापक सामाजिक बेवास्तालाई झल्काउँछ र पुनर्स्थापनाका प्रयासहरूमा पनि महत्त्वपूर्ण चुनौतीहरू खडा गरेको छ।

पन्तले समान र समावेशी राहत प्रयासहरू सुनिश्चित गर्न माग गरेका छन्। यसले पुनर्स्थापनामा मात्र नभई भावनालाई पनि बढवा दिने उनले उल्लेख गरेका छन्। भविष्यका प्रकोपहरू विरुद्ध सीमान्तकृत समूहहरूले सामना गर्ने चुनौतीहरू बुझ्न र सम्बोधन गर्ने प्रतिबद्धता चाहिने पन्तले बताए। ‘यो सुनिश्चित गर्दै सङ्कटको समयमा कोही पनि पछाडि छोड्नु हुँदैन,’पन्तले भनेका छन्।

समाचार शेयर गर्नुहोस्
138
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.