दुलाल बन्धु बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने

दुलाल बन्धु बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने

229
SHARES

काठमाडौं : दुलाल बन्धु सेवा समाज बागमती प्रदेश अधिवेशन कार्तिक १० गते हुने भएको छ। बागमती प्रदेश अधिवेशन ईन्द्रसान पार्टी प्यालेस लोकन्थलीमा हुने बागमती प्रदेश समिति सदस्य तथा आयोजक समिति सदस्य अर्जुन प्रसाद दुलालले जानकारी दिए।

दुलाल बन्धु सेवा समाजले बागमती प्रदेश भरि छरिएर रहेका बन्धुहरूलाई एक ठाउँमा जम्मा हुने र आपसी चिनजान भेटघाट गर्न भेला आयोजना हुन लागेको जनाएको छ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष परशुराम दुलाल, बागमती प्रदेश सभा सदस्य मा युवराज दुलाल, कोशी प्रदेश सभा सदस्य किशोर चन्द्र दुलालको आतिथ्यता रहने गरी तयारी थालिएको भेला आयोजक तयारी समिति संयोजक राम हरि दुलालले बताए।

दुलाल बन्धु सेवा समाज बागमती प्रदेश भेलाले सर्वसम्मत रूपमा आगामी नयाँ नेतृत्व चयन गर्ने पनि निर्वाचन समिति सदस्य दीपक दुलालले जानकारी दिए।

भेला आयोजनाका लागि विभिन्न उपसमिति बनाइएको छ। जसमा आर्थिक उपसमिति, निर्वाचन समिति, प्रचारप्रसार उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति निर्माण गरिएको समिति सदस्य गोविन्द दुलालले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
229
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.