सुनकोशी नदीमा बेली ब्रिज जडान, आवागमन सुचारु

सुनकोशी नदीमा बेली ब्रिज जडान, आवागमन सुचारु

381
SHARES

काठमाडौँ : नेपाली सेनाले बिपी राजमार्गको खुर्कोटस्थित सुनकोशी नदीमा बेली ब्रिज जडान कार्य सम्पन्न गरेको जनाएको छ।

सिन्धुली जिल्ला स्थित गोलन्जोर गाउँपालिका ७, खुर्कोट र रामेछाप जिल्ला, मन्थली नगरपालिका ६ जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदी माथि रहेको पुल पुनर्निर्माण पश्चात् यातायात आवागमन सुचारु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चात्को बाढीका कारण सुनकोशी नदी माथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाए पश्चात् आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो।

आश्विन २० गतेबाट प्राविधिक सहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र कार्य गरी बेली ब्रिज जडान कार्य सम्पन्न गरेको निर्देशनालयले जनाएको छ। सेनाको टोलीले पुलको भार वहन क्षमता समेत परीक्षण गरेको जनाएको छ।

तस्बिरहरु : नेपाली सेना

समाचार शेयर गर्नुहोस्
381
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.