निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विमानस्थलमा बमको हल्ला मात्रै, सुरक्षा निकाय हाइअलर्टमा

विमानस्थलमा बमको हल्ला मात्रै, सुरक्षा निकाय हाइअलर्टमा

111
SHARES

काठमाडौं : भारतमा केही दिन यता विमानमा बम रहेको धम्की दिनहुँजस्तै आउने गरेको छ। अनावश्यक हल्लाले विमान सेवा अवरुद्ध हुँदा विमान कम्पनीहरूले करोडौँ घाटा बेहोरेका छन् भने अर्को तर्फ बमको हल्लाले यात्रुहरुबीच आतङ्क समेत मच्चिने गरेको छ।

भारतको जस्तै झल्को दिने गरी मङ्गलवार काठमाडौँको विमानमा पनि बम रहेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकाएक अस्तव्यस्त बन्न पुग्यो। भारतको नयाँ दिल्लीबाट दिउँसो काठमाडौँ आएको भिस्तारा एयरवेजको कल साइन युके १५५ को जहाज विमानस्थलमा अवतरण भए लगत्तै बम राखेको हल्ला फैलिएको हो।

बमको हल्ला फैलिएपछि प्रहरीले विमानमा रहेका १५७ जना यात्रुलाई आइसोलेसनमा राखेर कडा जाँच गरेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले एक घण्टाभन्दा बढी समय लगाएर विमान, यात्रु र यात्रुका लगेजहरू चेक जाँच गर्दा केही नभेटिएपछि सबै यात्रुहरूलाई गन्तव्यमा पठाइएको छ।

अवरुद्ध विमानस्थल सुचारु भएको छ भने भिस्तारा एयरको विमान पनि नियमित उडानमा फर्किसकेको छ। एकाएक विमानमा बमको हल्ला आए पनि चेकजाँचका क्रममा केही नभेटिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।

विमानमा बम रहेको हल्ला फैलिए पछि सुरक्षा संयन्त्र हाइअलर्टमा रहेको विकले बताए।

समाचार शेयर गर्नुहोस्
111
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.