काठमाडौँ : नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैङ्गिकता, यौनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाहरूको खोजी गर्ने, विचार-उत्तेजक वृत्तचित्रको विशेष स्क्रीनिंग मकवानपुरको हेटौडामा हुने भएको छ।
कार्तिक १२ गते सोमबार साँझ ६ बजे हेटौडाको ओम्याक्स सिनेमा हलमा वृत्तचित्र प्रदर्शन हुने भएको हो। वृत्तचित्र प्रदर्शन पछि समीक्षा र प्यानल छलफल हुनेछ। प्रवेश निःशुल्क रहेको छ।
वृत्तचित्र एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले निर्माण गरेका हुन्। वृत्तचित्र काठमाडौँ र पोखरामा प्रदर्शन भइसकेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.