अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र हेटौँडामा प्रदर्शन

अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र हेटौँडामा प्रदर्शन

120
SHARES

मकवानपुर : अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र सोमबार हेटौँडाको ओम्यास सिनेमा हलमा प्रदर्शन भएको छ। संविधान सभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले निर्माण एवं निर्देशित गरेको वृत्तचित्रमा नेपाली समाजका विविध लैङ्गिक पहिचान र काठमाडौँ उपत्यकाका ऐतिहासिक देवता अजिमाका कथाहरू प्रस्तुत छ।

अजिमा र तिनसँग जोडिएका विभिन्न कथा तथा संस्कृति उजागर गरिएको वृत्तचित्र काठमाडौँ, पोखरा र ललितपुरपछि हेटौँडामा प्रदर्शन भएको हो। समाजमा विद्यमान लैङ्गिक विविधतालाई प्रस्तुत गर्ने वृत्तचित्र हेर्न एसियाकै पहिलो समलिङ्गी सभासद् रहेका पन्तले आग्रह गरे।

उनले समाजमा रहेका विविध लैङ्गिक पहिचानलाई बुझ्न र स्वीकार गर्न अझ धेरै प्रयास गर्नुपर्ने उल्लेख गरे। पन्तले भने,’यो वृत्तचित्र प्रदर्शनीले लैङ्गिक पहिचानको विविधतालाई आत्मसात् गर्न सहयोग पुर्‍याउनेछ।’

वृत्तचित्र अवलोकनपछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा र मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिनले यस्तो सांस्कृतिक पहल महत्त्वपूर्ण रहेको बताए।

समाजमा रहेको विविधता र समावेशी सोचलाई वृत्तचित्रले प्रोत्साहन गर्ने काम गरेकोमा उनीहरूले धन्यवाद दिए। मेयर लामाले उपमहानगरपालिकामा पनि अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शनी गर्ने बताइन।

काठमाडौँ उपत्यकामा मनाइने इन्द्रजात्रा, मनमैजु अजिमाको पूजाआजा, र उनीसँग सम्बन्धित किंवदन्तीहरू वृत्तचित्रमा समावेश छन्। वृत्तचित्रले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी र अन्य लैङ्गिक पहिचानहरूको परिप्रेक्ष्यलाई दर्साउँछ,जसले नेपाली समाजमा विविधतालाई स्वीकार गर्ने मञ्चको रूपमा काम गरेको वृत्तचित्र अवलोकनपछिको प्रतिक्रिया थियो।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले काठमाडौँको मन्दिर परम्परासँग सम्बन्धित वृत्तचित्रले स्थानीय समुदायलाई आफ्नो सांस्कृतिक सम्पदाको सम्मान गर्न प्रेरित गर्ने बताए।

‘काठमाडौँ उपत्यकालाई मन्दिरहरूको सहर भनेर चिनिन्छ,र यस्ता वृत्तचित्रको प्रदर्शनीहरूले हामीलाई हाम्रो सांस्कृतिक र धार्मिक विविधतालाई अझ राम्रोसँग बुझ्न र भोलिको पुस्तालाई थप ज्ञान हस्तान्तरण गर्न प्रेरित गर्दछ,’उनले भने। वरिष्ठ पत्रकार राममणि दाहालले अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान हेर्नै पर्ने वृत्तचित्र प्रतिक्रिया दिए।

समाचार शेयर गर्नुहोस्
120
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.