प्रधानमन्त्री ओली बिरामी, भेटघाट बन्द

प्रधानमन्त्री ओली बिरामी, भेटघाट बन्द

236
SHARES

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ। सामान्य सामान्य ज्वरोका कारण प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराख्नुभएको ओलीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयले भन्यो,’प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’ प्रधानमन्त्री ओलीले तिहारको भाइटीका बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट लगाएका थिए।

तिहारमा भाइटीका लगाएदेखि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा निस्किएका छैनन्। सचिवालयले आज (मङ्गलवार) प्रधानमन्त्री ओलीलाई ज्वरो आएकाले निवासमा आराम गरिरहनु भएको जानकारी दिएको हो।

समाचार शेयर गर्नुहोस्
236
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.