निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विमानस्थलबाट ५ किलो सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट ५ किलो सुनसहित तीन जना पक्राउ

197
SHARES

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलवार साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।

एयर अरेबियाको उडान नं. G9530 मा शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक JIANZHONG तथा म्यानमारका SATT NAING TUN र EI NGONE PHOO लाई उक्त सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
197
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.